पेरिस- बेलायत र फ्रान्सका नेताहरु दुई मुलुकबीचको माछा विवाद समाधान गर्न सहमत भएका छन्।
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन र बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आइतबार ब्रेक्जिटपछिको माछा मार्ने अधिकारलाई लिएर उठेको विवाद समाधान गर्न "व्यवहारिक र परिचालन उपायहरू" मा काम गर्न सहमत भएका हुन्।
म्याक्रोनको कार्यालयले जनाएअनुसार दुई नेताहरूले रोममा भएको जी २० शिखर सम्मेलनको मार्जिनमा लगभग २५ मिनेट भेटवार्ता गरेका थिए।
सो अवसरमा दुई नेताहरू "जति सक्दो चाँडो" ठोस कामका साथ उक्त विवादको शीघ्र निरूपण गर्नुपर्ने विषयमा सहमत भएको जनाइएको छ।