सोमबार, असार २२, २०८३

कुनै खेलमा विजेता नबनेरै सक्यो नेपालले एसियन कप छनोट यात्रा

यू-२३ एसियन कप छनोटको अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ। ताजकिस्तानको केन्द्रीय रंगशालामा भएको खेलमा नेपालले लेबनानसँग ४–० गोलअन्तरको हार बेहोरेको हो।
 |  आइतबार, कात्तिक १४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १४, २०७८

काठमाडौं- यू-२३ एसियन कप छनोटको अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ। ताजकिस्तानको केन्द्रीय रंगशालामा भएको खेलमा नेपालले लेबनानसँग ४–० गोलअन्तरको हार बेहोरेको हो।

यससँगै नेपाली टिमले आइतबार सम्पन्‍न छनोट शृंखलामा दु:खद् अन्त्य गरेको छ। नेपालले तीन खेलमा नै हार बेहोरेर कुनै पनि अंक नजोडिकन छनोटबाट बाहिरिएको हो।

नेपाल समूह 'बी'मा रहेको थियो, जहाँ पहिलो खेलमा नेपालले इरानसँग ५–० गोलअन्तरको हार बेहोरेको थियो। त्यस्तै अक्टोबर २८ मा भएको अर्को खेलमा नेपालले आयोजक ताजकिस्तानसँग ६–० गोलको हार बेहोरेको हो।

त्यो खेलमा पराजय भएसँगै नेपाल छनोट चरणबाटै बाहिरिसकेको थियो। छनोटबाट बाहिरिसकेको नेपालले आइतबार अन्तिम प्रतिस्पर्धामा पनि लज्जास्पद हार बेहोरेको हो।

नेपालमाथि जित निकालेको लेबनानले पनि सुरुका दुवै खेलमा हार बेहोरेपछि उसले पनि एसियन कपको यात्रा टुंग्याएको थियो।

समूह बीको शीर्षस्थानमा रहने टिमले अर्को वर्ष उज्बेकिस्तानमा हुने यू-२३ एसियन कप खेल्न पाउनेछ। जहाँ ताजकिस्तान र इरानको समान ६–६ अंक छ। 

आइतबारको राति ताजकिस्तान र इरान भिड्दैछन। सो खेलमा जित निकाल्ने टिम एसियन कपमा पुग्‍नेछ। साथै सबै समूहहरुमध्ये दोस्रो हुने उत्कृष्ट चार टिमले पनि एसियन कप खेल्न पाउनेछ।

प्रकाशित: Oct 31, 2021| 19:48 आइतबार, कात्तिक १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।