आइतबार, माघ ४, २०८२

जाडेन र आजमीलाई किड ट्राइथालन उपाधि

जाडेन श्रेष्ठ ब्वाईज् र आजमी शेरचन गर्ल्सतर्फ लिटल डल्फिन्स् प्रालि किड्स ट्राइथलनको उपाधि हात पार्न सफल भएका छन्।
 |  आइतबार, कात्तिक १४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १४, २०७८

काठमाडौं- जाडेन श्रेष्ठ ब्वाईज् र आजमी शेरचन गर्ल्सतर्फ लिटल डल्फिन्स् प्रालि किड्स ट्राइथलनको उपाधि हात पार्न सफल भएका छन्।

National life

स्कुलस्तरदेखि नै खेलाडी उत्पादन गर्दै नेपालमा ट्राइथलन खेलको विकास र विस्तार गर्ने उद्देश्यले नेपाल ट्राइथलन संघको प्राविधिक सहयोग र लिटल डल्फिन्स् स्विम स्कुल प्राइभेटको आयोजनामा भएको प्रतियोगितामा जाडेनले १०० मिटर पौडी पाँच किलोमिटर साइक्लिङ र डेढ किलोमिटर दौड २० मिनट ५१.६१ सेकेन्डमा पूरा गर्दै उपाधि उचालेका हुन्। यस्तै आजमीले उक्त दूरी २३ मिनट १८.१० सेकेन्डमा पूरा गर्दै उपाधि हात पारेकी हुन्। 

विजयी खेलाडीहरुले प्रमाणपत्र, मेडल र १० हजार बराबरको गिफ्ट भौचर प्राप्त गरे। कालोपुलस्थित वेष्ट भेन्युमा भएको प्रतियोगितामा ब्वाइज्‌तर्फ अथर्व सिंहले दोश्रो स्थान प्राप्त गर्दा युभन लाल श्रेष्ठले तेस्रो स्थान प्राप्त गरे। सिंहले उक्त दूरी २१ मिनेट, १२ दशमलव ७२ सेकेन्ड र श्रेष्ठले २२ मिनट, १७ सेकेण्ड २० सेकेन्डमा पूरा गरे। यस्तै गर्ल्सतर्फ परिधि भण्डारीले २५ मिनट १७ दशमलव १६ सेकेन्ड र आर्या महर्जनले २६ मिनट १२.५४ सेकेन्डमा दूरी पुरा गर्दै दोश्रो र तेस्रो स्थान हात पारे।

दोस्रो र तेस्रो स्थान हात पार्ने खेलाडीहरुले मेडल, प्रमाणपत्रका साथै पाँच हजार र तीन हजारको गिफ्ट भौचर प्राप्त गरे। प्रतियोगितामा ब्वाइज्‌तर्फ जाडेन श्रेष्ठ र गर्ल्सतर्फ ज्योत्सना भट्ट युवा खेलाडी घोषित भए। उनीहरुले तीन हजार बराबरको गिफ्ट भौचर प्राप्त गरे।

विजयी खेलाडीहरुलाई प्रमुख अतिथि काठमाडौं महानगरपालिका वडा नं- ५ का अध्यक्ष रमेश डंगोल, नेपाल ओलम्पिक कमिटिका महासचिव एवं नेपाल ट्राइथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठलगायतले पुरस्कार वितरण गरेका थिए। प्रतियोगितामा २२ ब्वाइज् र सात गर्ल्सको सहभागिता रहेको थियो।

Laxmi sunrise bank
kumari

प्रकाशित: Oct 31, 2021| 18:58 आइतबार, कात्तिक १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।