सोमबार, असार २२, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • ५२ खेलाडीले लिए ‘माइ जेन्डर, माइ स्ट्रेन्थ’ नामक जुनियर टेबल टेनिस तालिम

५२ खेलाडीले लिए ‘माइ जेन्डर, माइ स्ट्रेन्थ’ नामक जुनियर टेबल टेनिस तालिम

अन्तर्राष्ट्रिय टेबलटेनिस महासंघ (आईटीटीएफ) को सहयोगमा अखिल नेपाल टेबलटेनिस संघद्वारा आयोजित महिला जुनियर टेबलटेनिस तालिम सम्पन्न भएको छ ।
 |  आइतबार, कात्तिक १४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १४, २०७८

काठमाडौं– अन्तर्राष्ट्रिय टेबलटेनिस महासंघ (आईटीटीएफ) को सहयोगमा अखिल नेपाल टेबलटेनिस संघद्वारा आयोजित महिला जुनियर टेबलटेनिस तालिम सम्पन्न भएको छ ।

लैगिक जनचेतना, भविष्यमा महिला नेतृत्वका लागि प्रेरित गर्नेलगायतका उद्देश्यसहित आईटीटीएफको पाइलट प्रोजेक्ट ‘माइ जेन्डर, माइ स्ट्रेन्थ’ अन्तर्गत सञ्चालित तालिम काठमाडौं र विराटनगरमा सञ्चालन गरिएको थियो। दुवैमा समान २६–२६ खेलाडीको सहभागिता रहेको टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्यले जनाएका छन्।

विश्वका १५ राष्ट्रमा यस प्रकारको तालिम पहिलो पटक आयोजना गरिएको कार्यक्रम संयोजक टेबलटेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्यले जानकारी गराए । विराटनगरमा विकेन थापालाई जिम्मेवारी दिइएको थियो।

काठमाडौंमा सन्ध्या शाक्य, मुना बासुकला, तेजेन्द्रसिंह महरा, रिता प्रजापति, सुलोचना सिजाख्वाः, नरेश रावल, गीता शाह र नविता श्रेष्ठले खेललगायत विविध पक्ष बारे सहभागीलाई प्रशिक्षण दिएका थिए ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको सात दिने तालिममा सहभागीहरुको प्रतियोगिता समेत आयोजना गरिएको थियो ।

उक्त कार्यक्रमपछि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा स्थापना गरिएको दक्षिण एसियाली टेबलटेनिस संघको कार्यालयको उद्घाटन गरिएको छ।

प्रकाशित: Oct 31, 2021| 17:50 आइतबार, कात्तिक १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।