शनिबार, असोज २४, २०८३

बलिउड चलचित्र ‘उचाइ’को नेपालमा २५ दिन छायांकन

बलिउड चलचित्र ‘उचाई’को नेपालको छायाङ्कन सकिएको छ। नेपालमा २५ दिनको छायाङ्कन सकेर बलिउड फिल्म ‘उचाई’ले नेपालको छायाङकन सकेको छ।
 |  आइतबार, कात्तिक १४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १४, २०७८

काठमाडौं- बलिउड चलचित्र ‘उचाई’को नेपालको छायाङ्कन सकिएको छ। नेपालका विभिन्न स्थान पुगेर २५ दिन छायाङ्कन भएको फिल्म ‘उचाई’ले नेपालको छायांकन समापन गरेको हो। 

दुई दिन काठमाडौँ र बाँकी समय हिमाली जिल्लामा छायाङ्कन भएको फिल्मले २८ अक्टोबरमा नेपालको छायांकन पूरा गरेको हो। खोटाङको नाम्चेदेखि मनाङका विभिन्न ठाउँमा छायाङ्कन गरिएको चलचित्रको शुक्रबार पहिलो तालिकाअन्तर्गतको छायाङ्कन सकिएको छ भने दोस्रो भारतका विभिन्न स्थानमा हुने राजश्री प्रोडक्सनले जनाएको छ।

उक्त प्रोडक्सनले निर्माण गरेको चलचित्रको छायाङ्कन नेपालमा ४ अक्टोबरबाट सुरु भएको थियो। काठमाडौँमा हयात होटल र एयरपोर्टमा केही दृश्य खिचेर टोली नाम्चे लागेको थियो। सुरज वाडजात्याद्वारा निर्देशित चलचित्रमा अनुपम खेर, वमन इरानी, निना गुप्ता, सारिका हसन, परिणिती चोपडालगायत कलाकारले नेपाल आएर छायाङ्कन गरिएको थियो। 

चलचित्रमा अमिताभ बच्चन भए तापनि स्वास्थ्यका कारण उनी नेपाल आउन नसकेपछि उनको बडी डबललाई राखेर छायाङ्कन गरिएको थियो। चलचित्रका निर्माण टोलीका केही सदस्य अहिले पनि मनाङमै छन् भने केही काठमाडौँ फर्किसकेका छन्। चलचित्रको मुख्य टोली शनिबार एयर इन्डियाको विमानमार्फत् भारत फर्किएको छ।

प्रकाशित: Oct 31, 2021| 16:45 आइतबार, कात्तिक १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।