आइतबार, फागुन २४, २०८२

तालिबानका सर्वोच्च नेता पहिलो पटक सार्वजनिक

तालिबानका सर्वोच्च नेता हैबतुल्लाह अखुन्दजादा पहिलो पटक सार्वजनिक रुपमा देखा परेका छन्।
 |  आइतबार, कात्तिक १४, २०७८

एएफपी

एएफपी

आइतबार, कात्तिक १४, २०७८

काबुल– तालिबानका सर्वोच्च नेता हैबतुल्लाह अखुन्दजादा पहिलो पटक सार्वजनिक रुपमा देखा परेका छन्। उनले अफगानिस्तानको दक्षिण भागमा पर्ने कान्दाहार प्रान्तमा समर्थकलाई सम्बोधन गरेका थिए। अखुन्दजादा सन् २०१६ देखि इस्लामवादी आन्दोलनको प्रमुख रहँदै आएका छन्। 

National life

अगस्टमा उनको समूहले अफगानिस्तानमा सत्ता कब्जा गरेपछि पनि उनी सवार्वजनिक रुपमा देखा परेका थिएनन्।  

यद्यपि उनको मृत्युको अफवाह पनि फैलिएको थियो। तालिबान अधिकारीहरुका अनुसार शनिबार उनले दारुल उलुम हकिमाह मदरसाको भ्रमण गर्दै आफ्ना लडाकु चेलाहरुसँग कुरा गरेका तालिबान अधिकारीहरूले बताएका थिए।

 सन् २०१६ मा अमेरिकी ड्रोन हमलामा परी तालिबानका प्रमुख नेता मुल्लाह अख्तर मन्सुर मारिएपछि अखुन्दजादालाई सत्ताको द्रुत संक्रमणकालमा तालिबानको नेता नियुक्त गरिएको थियो।


प्रकाशित: Oct 31, 2021| 14:32 आइतबार, कात्तिक १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।