आइतबार, वैशाख ७, २०८२

'ड्रामा किङ' अलमुताइरी फर्किंदा एन्फा राजनीतिमा प्रभाव पर्ला?

साफ च्याम्पियन सकिनुअघि नै अलमुताइरीले राजीनामा घोषणा गरेका थिए। बंगलादेशसँग १–१ गोलको बराबरीसँगै नेपाल पहिलो पटक फाइनल पुगेको थियो। तर फाइनल र महत्वपूर्ण खेलअघि उनले राजीनामा दिएको बताए।
 |  आइतबार, कात्तिक १४, २०७८
nespernesper

विनय सापकोटा

विनय सापकोटा

आइतबार, कात्तिक १४, २०७८

vianetvianet

काठमाडौंं- ‘मे जो बोलता हुँ वो करता हुँ, मे जो नहीँ बोलता हुँ वो भि करता हुँ।’ हिन्दी सिनेमाका नायक अक्षय कुमारको याे डायलग नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई ठ्याक्कै 'सुट' गर्छ। पछिल्लो ७ महिना नेपालमा रहँदा उनले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई जरैबाट हल्लाइदिएका छन्। त्यसयता उनले के गरे, त्यो जगजाहेर छ।

triton college

नेपाली फुटबलमा आक्रामक खेलको विकास गरे, खेलाडीमा आत्मविश्वास भरे, नेपाललाई पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा पुर्‍याए। एन्फा राजनीतिमा प्रत्यक्ष घुसेर अध्यक्ष कर्माछिरिङ शेर्पाको पक्षपोषण गरे अनि वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङको राजनीतिलाई हानि हुने गरी सामाजिक सञ्जालमा प्रस्तुत भए।

यद्यपि, ती कुरा पहिल्यै सकिएको र त्यसले अहिले खास प्रभाव नपर्ने वरिष्ठ उपाध्यक्ष नेम्बाङ बताउँछन्। त्यसबाहेक अलमुताइरीको विवाद मिडियासँग पनि रह्यो। ६ महिनाभित्र उनले दुईपटक त राजीनामा घोषणा नै गरे। पछि उनले तीन वर्षका लागि एन्फासँग सम्झौता नवीकरण गरेको जानकारी दिए।

त्यसो त यो जानकारी एन्फाले सूचना जारी गरेर दिनुपर्ने हो। तर त्यसअघि नै उनले सामाजिक सञ्जालमा लेखिदिए– मैले एन्फासँग तीन वर्षको सम्झौता गरेको छु।

साफ च्याम्पियनसिपमा उनले म्याच फिक्सिङबारे कुरा गरे, जसको हल्लै थिएन। पत्रकार सम्मेलनमा सो कुराबारे नसोधिएको प्रश्नको उत्तर दिए अलमुताइरीले। सुरुवाती कार्यकालमा उनले यस्ता थुप्रै ‘ड्रामा’ प्रस्तुत गरे।

National life insurance

दबाबमा एन्फा

साफ च्याम्पियन सकिनुअघि नै अलमुताइरीले राजीनामा घोषणा गरेका थिए। बंगलादेशसँग १–१ गोलको बराबरीसँगै नेपाल पहिलो पटक फाइनल पुगेको थियो। तर फाइनल र महत्वपूर्ण खेलअघि उनले राजीनामा दिएको बताए।

त्यो राजीनामापछि उनलाई ल्याउन समर्थकले एन्फालाई दबाबसमेत दिए। नेपाल फर्कन अनुरोध गर्दै उनको फेसबुक पोस्टमा हजारौं कमेन्ट गरिएको थियो। साफपछि खेलकुद मन्त्री महे‍श्वर गहतराजले पनि नेपाली फुटबल विकास गर्नका लागि अलमुताइरी चाहिने बताएका थिए।

‘कतार गएर मैले प्रशिक्षकको जुन समस्या छ त्यो पनि समाधान गरेर आएको छु। अब दुई वर्षका लागि ढुक्क भएको छ,’ शेर्पाले केही दिनअघि एक कार्यक्रममा भनेका थिए। त्यसको दुई दिनपछि अलमुताइरी नेपाल फर्किए।

त्यसबीच उनले साफ च्याम्पियनसिपको अन्तिममा नेपाल फर्कन केही दिन सोच्ने बताए। साफ भइरहँदा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा माल्दिभ्समै थिए। त्यहाँबाट उनी कतार गए। त्यहाँ उनले प्रशिक्षक अलमुताइरीलाई भेटेका थिए।

 तस्बिर : एन्फा

‘कतार गएर मैले प्रशिक्षकको जुन समस्या छ त्यो पनि समाधान गरेर आएको छु। अब दुई वर्षका लागि ढुक्क भएको छ,’ शेर्पाले केही दिनअघि एक कार्यक्रममा भनेका थिए। त्यसको दुई दिनपछि अलमुताइरी नेपाल फर्किए।

अब एन्फाको चुनाब आउन ६ महिना मात्र बाँकी छ। यस्तो अवस्थामा अध्यक्ष कर्माले अलमुताइरीलाई निरन्तरता दिएका छन्। अलमुताइरीले पनि समय-समयमा कर्माको प्रशंसा गर्दै आइरहेकै छन्। यसकारण समर्थकबाट अहिले कर्माले पनि प्रशंसा बटुलेका छन्।

अलमुताइरीले एन्फामा संस्थापन पक्षकाे विरोधमा रहेका नेम्बाङ पक्षलाई नाटक गर्ने र नेपाली फुटबललाई पछि धकेल्ने पक्षको ट्याग त लगाइदिइसकेका छन्। चुनाव नजिकिँदै गर्दा उनले थप केही नगर्नेमा विश्वास गर्न सकिँदैन।

यता, एन्फाको गत वर्ष भएको साधारणसभा नै चुनाव लक्षित बनिसकेको थियो। अहिले एन्फामा पदाधिकारीबीच भोटको कित्ताकाट भइरहेको छ। यसै मेसोमा एन्फाका तत्कालिन प्रवक्तासमेत किरण राईले भनिसकेका छन, ‘अलमुताइरीका कारण पंकजजीलाई अन्याय भएको छ। एन्फाले न्याय गरोस्।’ उनले सो कुरा एन्फामै आयोजित पत्रकार सम्मेलनमा राजीनामा घोषणा गर्दै भनेका थिए।

एन्फा उपाध्यक्ष वीरबहादुर खड्काले त अलमुताइरीलाई बर्खास्त गर्नुपर्ने बताइसकेका थिए। अलमुताइरीले पहिलो पटक राजीनामाको घोषणा गरेपछि बसेको एन्फाको बैठकमा पंकज पक्षले अध्यक्ष कर्मासँग अल्मुताइरीको बर्खास्ती माग गरेको थियो।

त्यतिबेला नै कर्माले बर्खास्त गर्न नसक्ने बताएपछि पंकज पक्षले बैठक छोडेको थियो। सो बैठकले विवादको छानविन गर्न मन्त्रालयलाई अनुरोध गर्यो। मन्त्रालयले राखेपलाई छानविनको निर्देशन दिएपछि २१ दिन लगाएर राखेपको एक स्वतन्त्र समितिले छनविन सम्पन्न गरेको छ।

त्यसले प्रतिवेदन दिइसके पनि अझैसम्म राखेप ढुलमुले अवस्थामा छ। एन्फा अध्यक्ष कर्माको प्रशंसा गरेर कहिल्यै नथाक्ने राखेपका तत्कालिन सदस्यसचिव रमेशकुमार सिलवालले त्यो प्रतिवेदनले दिएको सुझाव कार्यान्वयन नै गरेनन्।

सुझावमा आलमुताइरीले अब सच्चिनुपर्ने भनिए पनि उनले साफ च्याम्पियनसिपका दौरान राजीनामाकाे घोषणा गरे। र, फेरि त्यसको तीन दिनपछि नेपाल फर्किनेबारे पुनः सोच्ने बताए। ती सबै ‘ड्रामा’हरुमा अलमुताइरीले आफूलाई भिन्नभिन्न रुपमा प्रस्तुत गरेका छन्।

एन्फा उपाध्यक्ष नेम्बाङ भने राखेपले छानविन गरेको प्रतिवेदन सार्वजनिक हुनेमा ढुक्क छन्। ‘राखेपजस्तो सम्मानित संस्थाले छानविन गरेको छ, त्यो प्रतिवेदन प्रकाशित हुनेमा ढुक्क छु। साफ च्याम्पियनसिपको कारण ढिलाइ भएको हो जस्तो लाग्छ,’ उनले नेपाल समयसँगको कुराकानीमा भने।

‘चुनावबारे कुरा गर्दा त विधिको शासन हो। त्यसको आन्तरिक संघर्ष र लडाइँ त जारी नै छ।’

नेम्बाङका अनुसार पछिल्लो समय भएको घटनाबारे केही गुनासो र आपत्ति छैन्। उनको शब्दमा त्यो समय खास केही भएकै थिएन। त्यसैले उनी भन्छन्, ‘उहाँ आउनुभएको छ, उहाँलाई स्वागत छ। उहाँले टिम राम्रो बनाउनु होला भन्ने कामना छ।’

नजिकिँदै गरेको चुनावको तयारी कस्तो हुँदैछ त भन्ने प्रश्नमा उनले तयारी हुँदै गरेकाे सुनाए। ‘चुनावबारे कुरा गर्दा त विधिको शासन हो। त्यसको आन्तरिक संघर्ष र लडाइँ त जारी नै छ,’ उनले भने। अलमुताइरी नेपाल फर्किएपछि उनी खेलमा व्यस्त भएमा एन्फाको राजनीतिमा असर नपर्ने छनक वरिष्ठ उपाध्यक्ष नेम्बाङले दिएका छन्।

अलमुताइरी नेपाल फर्किएपछि उनले विमानस्थलमा आफ्नो सम्झौता ५ वर्षको हुने र अहिले तीन वर्षको सम्झौता गरेको बताएका छन्। ‘मेरो सम्झौता ५ वर्षको हुनेछ। अहिले तीन वर्षको छ। एन्फा र म सहमतिमा आएको अवस्थामा दुई वर्ष थप गरिने छ,’ उनले भने, ‘म पैसाको लागि आएको होइन। पैसा हेर्थेँ भने र म अरु नै अफर स्वीकार गर्थेँ।’

तस्बिर : एन्फा

उनले नेपाली फुटबललाई अघि बढाउन योजनाबद्ध तरिकाले अघि बढ्ने बताएका छन्। उनले आफू फर्किएको कारण खुलाए- एन्फाले एक भिडियो बनाएको  थियो जहाँ साफ कपपछि समर्थक र खेलाडीले भनेको कुरा उल्लेख गरिएको थियो।’

उनले अहिलेबाट नै नेपाल एसिया कपमा छनोट हुनका लागि दबाब नदिन अनुरोध गरेका छन्। ‘म भन्दिन कि नेपाल एसियन कपमा छनोट हुनेछ। कसैले त मलाई विश्वकपमा क्वालिफाइ गराउ पनि भनेका छन्। तर यो स्टेप बाइ स्टेप हुन्छ। अब हाम्रो लक्ष्य अर्को संस्करणको साफमा विजेता बन्ने हुनेछ भने २०२७ को एसियन कपमा छनोट हुने पनि हुनेछ,’ उनले आफ्नो लक्ष्यबारे चर्चा गरे।

पछिल्लो पटक साफ च्याम्पियनसिपमा नेपाललाई पहिलो पटक फाइनल पुर्याएपछि उनले मुख्य प्रशिक्षकबाट राजीनामाको घोषणा गरेका थिए। त्यतिबेला उनले कहिल्यै नेपाल नफर्किने पनि बताएका थिए।

प्रकाशित: Oct 31, 2021| 14:10 आइतबार, कात्तिक १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।