सोमबार, असार २२, २०८३

पालिकास्तरीय फुटबल प्रतियोगिताको उपाधि म्याङलुङलाई

तेह्रथुमको लालिगुराँस नगरपालिकामा सञ्चालित पालिकास्तरीय फुटबल प्रतियोगिताको उपाधि माङलुङ नगरपालिकाले हात पारेको छ।
 |  आइतबार, कात्तिक १४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १४, २०७८

तेह्रथुम- तेह्रथुमको लालिगुराँस नगरपालिकामा सञ्चालित पालिकास्तरीय फुटबल प्रतियोगिताको उपाधि म्याङलुङ नगरपालिकाले हात पारेको छ।

शनिबार भएको फाइनल खेलमा सहिदभूमि गाउँपालिकालाई ०-१ गोलले पराजित गर्दै म्याङलुङले उपाधिमाथि कब्जा जमाएको हो। 

फाइनल खेलको २६औं मिनेटमा म्याङलुङका मोहन तामाङले गरेको एक मात्र गोलले भाग्य निर्धारण गरेको थियो। म्याङलुङले उपाधिसँगै १ लाख नगद, प्रमाणपत्र, मेडल प्राप्त गरेको छ।

उपविजेता सहिदभूमिले नगद ५० हजार प्रमाणपत्र र मेडलमा चित्त बुझाएको छ। विजेता र उपविजेता टिमलाई लालिगुराँस नगपालिकाका मेयर अर्जुन माबोहाङले पुरस्कार प्रदान गरेका थिए। प्रतियोगिता ७ कात्तिकबाट सुरु भएको थियो।  

प्रतियोगितामा तेह्रथुमसहित धनकुटा, संखुवासभा, मोरङका ११ पालिकाको सहभागिता थियो।

प्रकाशित: Oct 31, 2021| 08:50 आइतबार, कात्तिक १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।