सोमबार, असार २२, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • यू–२३ एसियन कप छनोटबाट बाहिरिएको नेपालले लेबनानको सामना गर्दै

यू–२३ एसियन कप छनोटबाट बाहिरिएको नेपालले लेबनानको सामना गर्दै

नेपालले आज एएफसी यू २३ एसियन कप छनोटको अन्तिम खेल खेल्दैछ। ताजकिस्तानको केन्द्रीय रंगशालामा आज अपराह्न सुरु हुने खेलमा छनोटबाट बाहिरिइसकेका नेपाल र लेबनान भिड्न लागेका हुन्।
 |  आइतबार, कात्तिक १४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १४, २०७८

काठमाडौं- नेपालले आज एएफसी यू २३ एसियन कप छनोटको अन्तिम खेल खेल्दैछ। ताजकिस्तानको केन्द्रीय रंगशालामा आज अपराह्न सुरु हुने खेलमा छनोटबाट बाहिरिइसकेका नेपाल र लेबनान भिड्न लागेका हुन्।

समूह बिमा रहेको नेपाल पुछारमा छ भने लेबनान पुछारबाट दोस्रो स्थानमा छ। यी दुवै टिमले  सुरुआतका दुई खेलमा हार बेहोरेका कारण दुवै टिम छनोटबाट बाहिरिइसकेका छन्। र, दुवै टिमको शून्य अंक छ।

त्यसैले आजको खेल छनोटको औपचारिक खेलमात्र हुनेछ। यद्यपि आजको खेलमा जित निकाल्दै नेपाल छनोटमा सुखद अन्त्य गर्ने दाउमा हुनेछ। यता लगातार हार बेहोरेको लेबनानको लक्ष्य पनि जितकै हुनेछ।

समूह बी मा रहेको नेपाल अक्टोबर २५ मा भएको खेलमा इरान यू–२३ सँग ४–० गोलअन्तरको हार बेहोरेको थियो। त्यस्तै, अक्टोबर २८ मा भएको खेलमा नेपालले आयोजक ताजकिस्तानसँग ६–० गोलको हार बेहोरेको थियो।

नेपाललाई हराएका इरान र ताजकिस्ताले लेबनानलाई पनि हराएका हुन्। र, ती दुवै टोलीको समान ६–६ अंक छ। चार टिम सम्मिलित समूहमा ताजकिस्तान शीर्षस्थानमा छ भने इरान दोस्रो स्थानमा छ।

समूहको शीर्षस्थानमा रहेको टोलीले अर्को वर्ष उज्बेकिस्तानमा हुने एसियन यू २३ कप खेल्नेछ। त्यस्तै, दोस्रो स्थानमा रहेका उत्कृष्ट चार टिमले पनि एसियन कप खेल्नेछ।

प्रकाशित: Oct 31, 2021| 08:39 आइतबार, कात्तिक १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।