सोमबार, असार २२, २०८३

बटलर प्रेरित इंग्ल्यान्डको जित

जस बटलरले ३१ बलमा अविजित ७१ रन जोडेपछि इंग्ल्यान्डले टी २० विश्वकपमा अस्ट्रेलियामाथि जित निकालेको छ। दुबई अन्तर्राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा इंग्ल्यान्डले अस्ट्रेलियामाथि ८ विकेटको जित निकालेको हो।
 |  आइतबार, कात्तिक १४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १४, २०७८

काठमाडौं- जस बटलरले ३१ बलमा अविजित ७१ रन जोडेपछि इंग्ल्यान्डले टी २० विश्वकपमा अस्ट्रेलियामाथि जित निकालेको छ। दुबई अन्तर्राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा इंग्ल्यान्डले अस्ट्रेलियामाथि ८ विकेटको जित निकालेको हो।

टस हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा पुरा विकेट गुमाएर १२५ रन बनाएको थियो। जवाफमा ५० बल बाँकी रहँदै दुई विकेटको क्षतिमा इंग्ल्यान्डले १२६ रनको लक्ष्य पुरा गर्‍यो।

यो जितसँगै बलियो प्रतिद्वन्द्वी अस्ट्रेलियाविरुद्ध इंग्ल्यान्डले सानदार जित निकालेको छ। अस्ट्रेलियाका आरोन फिन्चले सर्वाधिक ४४ रन बनाए। त्यसबाहेक अन्य खेलाडीले सम्झनलायक प्रदर्शन गरेनन्।

बलिङतर्फ इंग्ल्यान्डका क्रिस जोर्डनले तीन विकेट लिए भने क्रिस वोक्स र टायमल मिल्सले समान २–२ विकेट लिए। एक विकेट लिनेमा आदिल रसिद र लियल लिविन्स्टोम रहे।

दोस्रो पारीमा बटलरले विस्फोटक ब्याटिङ गर्दै ५ चौका र ५ छक्काको सहयोगमा ७१ रन बनाए। ज्यासन रोयले २२ रन बनाएपछि इंग्ल्यान्डले सहज जित निकाल्यो।

बलिङमा अस्ट्रेलियाका एस्टोन अगर र एडम जम्पाले समान १–१ विकेट गिराए। यो जितसँगै इंग्ल्यान्डले समूह १ का तिनै खेलामा जित निकालेको छ। अस्ट्रेलियाले तीनमध्ये दुई खेलमा जित निकालेको छ। इंग्ल्यान्ड शीर्षस्थानमा छ भने अस्ट्रेलिया तेस्रो स्थानमा छ।

प्रकाशित: Oct 31, 2021| 07:35 आइतबार, कात्तिक १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।