सोमबार, असार २२, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • लिभरपुलसँग बेहोरेको हारको आलोचनाबाट बच्न युनाइटेडले टोटेनहमलाई हरायो

लिभरपुलसँग बेहोरेको हारको आलोचनाबाट बच्न युनाइटेडले टोटेनहमलाई हरायो

म्यानचेस्टर युनाइटेडले पछिल्लो खेलमा बेहोरेको हारमा मल्हम लगाएको छ। उसले शनिबार राति प्रतिद्वन्द्वी टोटेनहम हट्सपरलाई ३–० गोलअन्तरले हराएर लिभरपुलसँग बेहोरेको हारमा मलम लगाएको हो।
 |  आइतबार, कात्तिक १४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १४, २०७८

काठमाडौं- म्यानचेस्टर युनाइटेडले पछिल्लो खेलमा बेहोरेको हारमा मल्हम लगाएको छ। उसले शनिबार राति प्रतिद्वन्द्वी टोटेनहम हट्सपरलाई ३–० गोलअन्तरले हराएर लिभरपुलसँग बेहोरेको हारमा मलम लगाएको हो।

उसले पछिल्लो खेलमा बलियो टिम लिभरपुलसँग ५–० गोलको हार बेहोरेको थियो। त्यसपछि तीव्र आलोचना भोगेका र बर्खास्तिको शंका गरिएका प्रशिक्षक ओले गनर सोल्सायरले युनाइटेट हारबाट फर्किएको बताएका छन्।

गत हप्ताको हारबाट फर्किनका लागि फरवार्ड क्रिस्टियानो रोनाल्डो नायक रहे। ब्रुनो फर्नान्डेसले दिएको पासलाई रोनाडोले बारको परबाट प्रहार गर्दै बललाई पोस्टभित्र छिराएका थिए।

यससँगै टोटेनहम हट्स्पर रंगशालामा युनाइटेडले पहिलो हाफको ६ मिनेट अघि नै अग्रता बनाएको थियो। त्यस्तै एडिसन काभानीले खेलको ६४औं मिनेटमा गोल गरेका थिए।

‘मेरो र समर्थकका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा भनेकै हामी अहिले एक भएका छौं,’ पाँच खेलपछि जित निकालेका प्रशिक्षक सोल्सायरले भने, ‘पछिल्लो हप्ता खेलाडी, क्लब म र समर्थकलाई गाह्रो थियो। तर, म हल्लाहरूबाट बाहिर रहेँ।’

गएरातिको खेलमा मार्कक रासफर्डले युनाइटेडका लागि अन्तिम गोल गरेका थिए। उनको गोलसँगै युनाइटेडले ३–० गोल निश्चित गरेको थियो। खेलका दौरान रोनाल्डोको प्रदर्शन निकै अब्बद रह्यो। जब सोल्सायर र टिमलाई आवश्यकता पर्छ रोनाल्डोले गोल गरेर टिम र प्रशिक्षकलाई आलोचनाबाट बचाउँदै आएका छन्।

शनिबार रातिको खेलमा उनले त्यस्तै खालको प्रदर्शन गरेका थिए। उनले गएराति एक गोल र एक एसिस्ट गरे। यो जितपछि १७ अंक बनाएको युनाइटेड पाँचौ स्थानमा उक्लिएको छ। यसअघि ऊ नवौं स्थानमा थियो।

पराजित टोटेनहम भने १५ अंकका साथ आठौं स्थानमा छ।

प्रकाशित: Oct 31, 2021| 07:13 आइतबार, कात्तिक १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।