सोमबार, असार २२, २०८३

भिनिसियस चम्किएको खेलमा रियलको जित

स्पेनिस क्लब रियल मड्रिडले शीर्ष डिभिजनको फुटबल ला लिगामा शनिबा साँझ जित निकालेको छ। एल्चेको मैदानमा भर्खरै सम्पन्न खेलमा उसले घरेलु टिमलाई २–१ गोलले हराएको हो।
 |  शनिबार, कात्तिक १३, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १३, २०७८

काठमाडौं- स्पेनिस क्लब रियल मड्रिडले शीर्ष डिभिजनको फुटबल ला लिगामा शनिबा साँझ जित निकालेको छ। एल्चेको मैदानमा भर्खरै सम्पन्न खेलमा उसले घरेलु टिमलाई २–१ गोलले हराएको हो।

रियलका लागि दुवै गोल भिनिसियर जुनियरले गरे। उनले खेलको पहिलो हाफमा एक र दोस्रो हाफमा एक गोल गर्दै टिमलाई जित दिलाएका हुन्। खेलको २२औं मिनेटमा मारियानो डियाजले दिएको पासको सदुपयोग गर्दै भिनिसियले पहिलो गोल गरेका थिए।

यता दोस्रो हाफको ६२औं मिनेटमा घरेलु टिमका राउज गुटीले दोहोरो पहेँलो कार्ड व्यहोरेछि उनी मैदानबाट बाहिरिएका थिए। १० खेलाडीमा समेटिएको एल्चेविरुद्ध मिडफिल्डर लुका मोड्रिचले दिएको पास सदुपयोग गर्दै भिनिसियले दोस्रो गोल गरे।

उनले सो गोल ७२औं मिनेटमा गरेका थिए। यता, खेलको ८५औं मिनेटमा एल्चेका पेरे मिल्लाले एक गोल फर्काएका थिए। यो जितसँगै १० खेलबाट २१ अंक बनाएको रियल दोस्रो स्थानमा उक्लिएको छ।

शीर्षस्थानको रियल सोसिडाडको २४ अंक छ। यता पराजित एल्चे भने १० अंकका साग १४ औं स्थानमा छ।

प्रकाशित: Oct 30, 2021| 19:54 शनिबार, कात्तिक १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।