बुधबार, भदौ ३, २०८३

तीन जिल्लाको संगम 'पातिहाल्ने'मा टेलिकमको सेवा

पर्यटकको चाप बढ्दै गएपछि नेपाल टेलिकम बागलुङले उपभोक्ताको मागलाई ध्यानमा राखेर तिलाचन धुरीमा उच्च गतिको इन्टरनेट सेवा सञ्चालन हुने गरी विटिएस टावर स्थापना गरी टेलिकम सेवा विस्तार गरेको हो।
 |  शनिबार, कात्तिक १३, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १३, २०७८

बागलुङ- तीन जिल्ला बागलुङ, रोल्पा र रूकुमको संगम हो तिलाचन धुरी। मध्यपहाडी लोकमार्ग विस्तार र स्तरोन्नती भएपछि तिलाचन धुरी पर्यटकीय गन्तव्यको रूपमा विकास भैरहेको छ। कुनै दिन चराचुरुङ्गी, जंगली जनावर र गोठालाको मात्रा चहल पहल हुने तिलाचान धुरीमा मध्यपहाडी लोकमार्ग कालोपत्रे भएपछि तीन जिल्लाको दृश्य अवलोकन गर्न रूची राख्ने आन्तरिक पर्यटक त्यहाँ पुग्न थालेका छन्। 

पर्यटकको चाप बढ्दै गएपछि नेपाल टेलिकम बागलुङले उपभोक्ताको मागलाई ध्यानमा राखेर तिलाचन धुरीमा उच्च गतिको इन्टरनेट सेवा सञ्चालन हुने गरी विटिएस टावर स्थापना गरी टेलिकम सेवा विस्तार गरेको हो। समुद्री सतहदेखि ३ हजार ४ सय मिटर उचाईमा अवस्थित तिलाचन धुरी 'पातीहाल्ने'  नामले परिचित छ। 

मध्यपहाडी लोकमार्गको विस्तार र स्तरोन्नतीसँगै अहिले त्यहाँ गाडी र मानिसको भिड्भाड बढन थालेको छ। आन्तरिक तथा बाह्य पर्यटक र स्थानीयबासीलाई लक्षित गरी नेपाल टेलिकमले पहिलो पटक मोबाइल सेवा सञ्चालनमा ल्याएको हो।

बागलुङको निसीखोला गाउँपालिका-६ स्थित तिलाचन धुरी (पातीहाल्ने) मा टेलिकमले स्थायी संरचना निर्माण गरी मोबाइल सेवा टुजी र फोरजी एकसाथ शुभारम्भ गरेको टेलिकम बागलुङका प्रमुख एवं वरिष्ठ ईन्जिनियर केशव शर्माले जानकारी दिए।

टेलिकमले ग्रामीण र दुरदराजका बस्तीसँगै लोकमार्ग आसपासका क्षेत्रमा आफनो सेवालाई निरन्तर विस्तार र स्तरोन्नती गर्ने योजना अनुरुप २५ मिटर अग्लो बिटिएस टावर निर्माण गरेको हो। 

यसअघि सो क्षेत्रमा मोबाइल सेवा थिएन। जसका कारण त्यहाँका स्थानीयबासी, मध्यपहाडी लोकमार्गको निसी भल्कोटदेखि पूर्वी रूकुमको भुमे गाउँपालिका हुँदै यात्रा गर्ने यात्रु र रोल्पाको सुनछहारी गाउँपालिकाका बासिन्दा मोबाइल र इन्टरनेट सेवाबाट वञ्चित थिए। 

मध्यपहाडी लोकमार्ग भएर धेरै उपभोक्ता ओहोरदोहोर गर्ने भएकाले टेलिकमले सेवा विस्तार गरेको हो। भौगोलिक विकटता र अनेकौं समस्याका बाबजुद जनप्रतिनिधि, स्थानीयको सहकार्यमा सेवा पुर्‍याउन सफल भएको निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले बताए।   -न्युज कारखाना 

प्रकाशित: Oct 30, 2021| 22:30 शनिबार, कात्तिक १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।