बुधबार, भदौ ३, २०८३

'बिहावारी : २० वर्ष पारी' अभियानले सार्थकता पाएन

ग्रामीण क्षेत्रमा मात्र नभई शिक्षित र सहरी क्षेत्रमासमेत २० वर्ष नपुग्दै बच्चा जन्माउनेको संख्या बढेको पाइएको छ।
 |  शनिबार, कात्तिक १३, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १३, २०७८

लमजुङ- लमजुङमा बालविवाह बढेसँगै बालापनमै आमा हुनेहरूको संख्या पनि बढेको छ। 'बिहाबारी, २० वर्ष पारी' भन्ने अभियान चलाइए पनि यसले सार्थकता पाउन सकेको छैन। ग्रामीण क्षेत्रमा मात्र नभई शिक्षित र सहरी क्षेत्रमासमेत २० वर्ष नपुग्दै बच्चा जन्माउनेको संख्या बढेको पाइएको छ। कानुनमा २० वर्षअघि विवाह गर्न पाइँदैन। तर, जिल्ला अस्पताल लमजुङमा प्रसूति गराउन आउनेमध्ये १३ प्रतिशत किशोरी २० वर्षमुनिकै रहेको पाइएको छ।

२० वर्षभन्दा कम उमेरमा गर्भवती भएका किशोरीको विवाह भने १५ देखि १८ वर्षमा भएको पाइएको जिल्ला अस्पतालको अनुमान छ। जिल्लामा बालविवाह गर्नेको यकिन तथ्यांक भने छैन। अस्पतालमा प्रसूति सेवाका लागि आउने महिलाहरूको तथ्यांकमा प्रसूति गराउनेमध्ये केही १३ वर्ष उमेरका किशोरी पनि भेटिने गरेको अस्पतालका प्रमुख हेमन्त श्रेष्ठ बताउँछन्। सानै उमेरमा आमा बन्दा आमा र बच्चा दुवैको स्वास्थ्यमा समस्या देखिन सक्ने श्रेष्ठको भनाइ छ। उनले भने, ‘कम उमेरका आमालाई धेरै रगत बग्ने, सुन्निने, दीर्घकालमा पाठेघर खस्ने, पिसाब चुहिने समस्या हुन सक्छ।’

जिल्ला अस्पतालमा ०७७/७८ मा एक हजार १७१ जना महिला आमा बनेका छन्। जसमध्ये १५४ जना किशोरी अर्थात् १३ प्रतिशत किशोरी २० वर्ष नपुग्दै आमा बनेको अस्पतालको रेकर्डमा भेटिएको छ। त्यस्तै आ.व ७६/७७ मा एक हजार १२३ जना महिला आमा बनेका छन्। जसमध्ये १७१ जना महिला २० वर्षमुनिका रहेको अस्पतालले जनाएको छ। त्यस्तै आ.व ०७५/७६ मा एक हजार ११ जना आमा बनेका छन्। जसमध्ये २० वर्षमुनिका १८३ जना छन्।

स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालले मातृ शिशु सुरक्षा कार्यक्रमअन्तर्गत गाउँगाउँमा सचेतनामूलक कार्यक्रम गरी कम उमेरमा विवाह नगर्न सल्लाह दिए पनि अझै उमेर नपुगी विवाह गर्ने चलन नरोकिनु जनचेतनाको अभाव र आमा सुरक्षा कार्यक्रमका लागि चुनौतीको विषय बनेको छ।

सानै उमेरमा विवाह गर्दा आमा र बच्चाको स्वास्थ्यमा नकारात्मक असर पर्ने थाहा पाउँदापाउँदै पनि सामाजिक सञ्जालको विकृति, गरिबी, देखासिकी लगायतका कारणले बालविवाह कम हुन नसकेको अस्पतालका प्रमुख श्रेष्ठले बताए।    -न्युज कारखाना

प्रकाशित: Oct 30, 2021| 22:00 शनिबार, कात्तिक १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।