बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ट्युसन पढ्न जाँदै गरेकी बालिकामाथि बलात्कार प्रयास, २ जना पक्राउ

ट्युसन पढ्न जाँदै गरेकी बालिकामाथि बलात्कार प्रयास, २ जना पक्राउ

घटनामा संलग्न रहेका वीरगंज महानगरपालिका वडा नं.२१ बस्ने २० वर्षीय बिकर ठाकुर हजाम र सोही स्थान बस्ने वर्ष २५ को अनिल महतो कोइरीलाई अभिभावकको जाहेरीको अधारमा पर्सा प्रहरीले पक्राउ गरेको छ।
 |  शनिबार, कात्तिक १३, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १३, २०७८

वीरगञ्ज- ट्युसन पढ्न जाँदै गरेकी एक बालिकालाई बलात्कारको प्रयास गरेको आरोपमा दुई जना पर्साको वीरगञ्जबाट पक्राउ परेका छन्। मंगलबार बिहान ६ बजे बालिका ट्युसन पढ्न जाँदै गरेका बेला फोटो स्टुडियोभित्र लगेर ठुलो साउन्डमा गीत बजाएर चुकुल लगाई बालिकाको बलात्कारको प्रयास गरेको भन्दै उनीहरू पक्राउ परेका हुन्। 

घटनामा संलग्न रहेका वीरगंज महानगरपालिका वडा नं.२१ बस्ने २० वर्षीय बिकर ठाकुर हजाम र सोही स्थान बस्ने वर्ष २५ को अनिल महतो कोइरीलाई अभिभावकको जाहेरीको अधारमा पर्सा प्रहरीले पक्राउ गरेको छ।

पहिल्यैदेखि बालिकालाई पर्खेर जबरजस्ती करणी गर्ने उद्देश्यले उनीहरूको रहेको समेत देखिएको पर्सा प्रहरीले बताएको छ। उनीहरूमाथि करणी उद्योगको कसूरमा मुद्दा चलाउनका लागि आवश्यक अनुसन्धान गर्न पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद लिइएको प्रहरीले बताएको छ। 

बालिकालाई स्टुडियोभित्र लगेको स्थानीयहरुले देखेपछि बलात्कारबाट जोगाएका थिए। 

प्रकाशित: Oct 30, 2021| 15:12 शनिबार, कात्तिक १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।