शनिबार, असोज २४, २०८३

स्क्रिन जोडी दिलीप र निरुताको नजुरेको सहकार्य

नेपाली फिल्मका दर्शकले रुचाएको जोडीमध्येको एक हो, दिलीप रायमाझी र निरुता सिंहको जोडी।
 |  शनिबार, कात्तिक १३, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १३, २०७८

काठमाडौं- नेपाली फिल्मका दर्शकले रुचाएको जोडीमध्येको एक हो, दिलीप रायमाझी र निरुता सिंहको जोडी। दर्पणछायाँ, लहना, बन्धकीलगायतका फिल्ममा यो जोडीले गरेको कामलाई दर्शकले रुचाए। ठूलो पर्दामा रुचाइएको जोडी बनेका दिलीप र निरुताले फिल्म निर्माणमा समेत सहकार्य गर्ने तयारी गरेका थिए। 

‘हाम्रो जोडी पर्दामा दर्शकले रुचाइरहेका थिए, साथै हामी रियल लाइफमा पनि मिल्ने साथी थियौँ र छौँ’, निरुता भन्छिन्, ‘हामीले वर्कआउट पनि सँगै गर्थ्यौँ, मिल्ने साथी भएकाले धेरै कुराहरू एक आपसमा हुन्थ्यो।’ 

त्यसै क्रममा फिल्म ‘बन्धकी’ को छायांकनको समयमा दिलीपले निरुतालाई फिल्म निर्माणको अफर गरेका थिए। ‘लेलेमा छायांकन भइरहेको समयमा मलाई उहाँले फिल्म निर्माण गर्न लागेको जानकारी गराउनुभयो। त्यहीँ कुराकानी फिल्ममा अभिनय गर्ने हुँदाहुँदै सट दिने बेलामा निर्माणमा पनि सहकार्य गर्नेसम्म पुग्यो’, निरुताले एक टेलिभिजन अन्तर्वार्ताको क्रममा भनिन्। 

दिलीपले अफर गरेकाले उनले पनि सहमति जानाइन्। फिल्म नगरीका व्यस्त दुई कलाकारले फिल्म निर्माण गर्ने भएपछि निर्देशक पनि खास चाहिन्थ्यो।  

‘मैले चाहेर सहकार्य नगरेको होइन। तर, त्यो समयमा खै के भयो? त्यो प्रोजेक्टको कामलाई अगाडि बढाउन सकिन’

उक्त समयमा अभिनेता राजेश हमालले एक एड फिल्म निर्देशन गरेका थिए। त्यो देखेपछि यी दुईले अभिनेता हमाललाई निर्देशकको रूपमा अफर गरे। तुरुन्तै फोन गरेर फिल्म निर्देशनको प्रस्ताव गरेपछि अभिनेता हमालले भेट्न बोलाए। ‘राजेश दाइले मलाई निर्देशक बनाउने सोच कसरी आयो भनेर सोध्नुभयो। दिलीपजीले कन्भिन्स गरेपछि उहाँ तयार पनि हुनुभयो। ५/६ महिना लाग्ने समयसँगै राजेश दाइले आफ्नो दायित्व बुझेपछि मात्र सहमति जनाउनुभयो’, निरुताले भनिन्। 

राजेशसँग फिल्म गर्ने सहमति भएपछि दिलीप एकाएक पछि हटे।  ‘यता लेखनको काम भइरहेको थियो। म पनि आफ्नो काममा थिएँ। सबै काम हटाएर दिलीपजी भारत लाग्नुभयो’, निरुताले गुनासो गरिन्। दिलीपकै कारण फिल्म निर्माणमा सहकार्य नभएको उनको गुनासो थियो। दिलीपले सुनिल दत्त पाण्डेसँग फिल्म निर्माण गर्ने भएपछि दिलीपले अभिनेत्रीको रूपमा अफर गरे  र  कलाकारकै रूपमा सहकार्य भयो। 

‘मैले चाहेर सहकार्य नगरेको होइन। तर, त्यो समयमा खै के भयो? त्यो प्रोजेक्टको कामलाई अगाडि बढाउन सकिन’, दीलिपले भने। तत्कालीन समयमा सहकार्य नभएपछि पछिल्लो समय पुनः तयारी बढेको छ।

नेपाली फिल्ममा क्लासिक मानिने फिल्म ‘दर्पणछायाँ’लाई नयाँ स्वरूपमा तयार गर्ने दिलीप र निरुतासँग उत्तम प्रधान पनि अगाडि बढेका छन्। यी तीनैलाई स्थापित गराउने फिल्मको रूपमा चिनिने दर्पणछायाँलाई ‘फेरि दर्पणछायाँ’ नाम दिइएर दर्शकमाझ ल्याउने तयारी केही समय अगाडिदेखि नै छ। 

निर्देशक तुलसी घिमिरेको सहमति पाएपछि निरुताले पटकथा तयार पारेकी छिन् भने निर्देशकको जिम्मेवारी उत्तमले लिएका छन्।  स्क्रिप्ट तुलसी घिमिरेलाई पनि मनपरेको उनको भनाइ थियो। यसपटक पनि सल्लाहले सहकार्यको स्वरूप लिन सकेको छैन।

आजभन्दा २० वर्षअघि प्रदर्शन भएको ‘दर्पणछायाँ’ले ऐतिहासिक सफलता पाएको थियो। यो फिल्मसँगै निरुता सिंह, दिलीप रायमाझी र उत्तम प्रधानको स्टारडम चुलीमा पुगेको थियो। यसको १७ वर्षपछि तुलसी घिमिरेले नयाँ कलाकारलाई लिएर यसको शृंखला बनाएका थिए। पुष्प खड्का, सहारा शर्मा र श्रद्धा प्रसाईंको अभिनय रहेको यो फिल्म पहिलाको फिल्मको एकछेऊ पनि नभएको टिप्पणी भएको थियो।      -न्युज कारखाना

प्रकाशित: Oct 30, 2021| 21:00 शनिबार, कात्तिक १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।