बुधबार, भदौ ३, २०८३

घर बाढीले बगाएपछि ओढारमा बास

गाउँमा सेती नदीको बाढी पसेपछि तीन दिनसम्म टापुमा थुनिएका स्थानियवासी अहिले पनि निकै समस्यामा छन्।
 |  शनिबार, कात्तिक १३, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १३, २०७८

बैतडी- बैतडीको सिगास गाउँपालिका-५ ढुंगाडमा गत ३१ असोसदेखि २ कात्तिकसम्म भएको अविरल वर्षाले ११० घरपरिवार प्रभावित भए। गाउँमा सेती नदीको बाढी पसेपछि तीन दिनसम्म टापुमा थुनिएका स्थानियवासी अहिले पनि निकै समस्यामा छन्। 

बाढी प्रभावित क्षेत्रमा प्रधानमन्त्री शेरबहादुर देउवा र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टसमेत पुगे। बाढीबाट प्रभावित भएको दुई साता पुगेपनि ढुंगाडवासीले केही राहत पाएका छैनन्। 

केन्द्र सरकार र प्रदेश सरकारका प्रमुखहरू त्यहाँ पुगे पनि घर नजिकैको भनिएको स्थानिय सरकारका व्यक्ति आफुहरूसँग नपुगेको स्थानीय राम खडायतले बताए। उनले भने, ‘मेरो घर भित्र पानी पसेर सबै मालसमान बिग्रियो। बचेका कपडा र केही सामानहरू ओढारमा राखेका छौँ। बस्नलाई टहरो छैन्। छिमेकीको घरमा खाना खाने र कसैको घर गोठमा बास बस्ने गरेका छौँ।’ अहिलेसम्म गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, विपद शाखाका व्यक्ति कोही नपुगेको उनले बताए।  

जनता यसरी घरबारबिहीन हुँदा कोही पनि अहिलेसम्म एउटा त्रिपाल दिनसमेत नआएको स्थानीय कृष्ण खडायतले बताए। ‘यसरी ओढारको साहारा लिनुपरेका जनतालाई स्थानीय सरकारले एउटा त्रिपाल मात्र दिएको भए पनि राहत हुनेथियो’, उनले भने।

स्थानीय प्रताप महराको घर बाढीले बगाएपछि अहिले उनि छिमेकीको घरमा बसेर किरिया गरिरहेका छन्। महराले भने‘ 'बाढीले घर लगेसँगै घरभित्रका सबै माल समानहरू नष्ट भए, काट्न ठिक्क भएको धानसहितको खेतबारी सबै बगरमा परिणत भयो। न एक टुक्रा जमिन रह्यो। न बास बस्ने ठाउँ रह्यो। हामी बाढी आउनु पूर्व भाग्न सफल भयौँ र बल्ल बाँच्यौँ। यस्तो पीडामा परेका हामीलाई कुनै पनि सरकारले सहयोग गरेको छैन्।’ 

स्थानीय कृष्ण थापाले भने, ‘जिल्लामा रहेको विपद व्यवस्थापन समिति, प्रमुख जिल्ला अधिकारी, रेडक्रसका व्यक्ति, पत्रकार कोही पनि हाम्रो गाउँमा पुगेनन्। प्रधानमन्त्री र मुख्य मन्त्री आएको दिन केही नेताहरू र पत्रकार आएका थिए भन्ने सुन्यौँ तर उनीहरूले कसैको पीडा बुझेनन्। प्रधानमन्त्री पुगेको १० मिटर वरिपरि घुमेर गए।’

यता जिल्ला विपद व्यवस्थापन समिति अध्यक्षसमेत रहेका बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डे दसैंअघिदेखि विदामा बसेका छन्। प्रमुख जिल्ला अधिकारी तिहारपछि मात्र जिल्ला फर्किने निमित्त प्रजिअ खगेन्द्र भारतीले बताए। यता सिगास गाउँपालिका अध्यक्ष हरिसिंह धामीले बाढी प्रभावित क्षेत्रमा जानको लागि तयारी गरिरहेको बताएका छन्। -न्युज कारखाना

प्रकाशित: Oct 30, 2021| 20:30 शनिबार, कात्तिक १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।