सोमबार, असार २२, २०८३

अलमुताइरी आज नेपाल फर्किंदै

उनले सामाजिक सञ्जाल फेसबुकमा नेपाल फर्कन लागेको जानकारी दिएका हुन्।
 |  शनिबार, कात्तिक १३, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १३, २०७८

काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी शनिबार नेपाल फर्कंदै छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा नेपाल फर्कन लागेको जानकारी दिएका हुन्।

‘हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा छु। नेपाल जाने विमानको पर्खाइमा छु,’ उनले भनेका छन्।

पछिल्लो पटक साफ च्याम्पियनसिपमा नेपाललाई पहिलो पटक फाइनल पुर्‍याएपछि उनले मूख्य प्रशिक्षकबाट राजीनामाको घोषणा गरेका थिए।

त्यतिबेला उनले कहिल्यै नेपाल नफर्किने पनि बताएका थिए। तर, अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्मा छिरिङ शेर्पाले अलमुताइरी र कतार फुटबल संघसँग सहकार्य गरेपछि उनी नेपाल फर्किएका हुन्।

उनले युसुफ मोहम्मदसँगको तस्बिर पोस्ट गर्दै नेपाल आउने जानकारी दिएका हुन्।

प्रकाशित: Oct 30, 2021| 14:21 शनिबार, कात्तिक १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।