सोमबार, असार २२, २०८३

अफगानिस्तानका स्पिनर राशिदले बनाए विश्व कीर्तिमान

आईसीसी टी-२० विश्वकपमा अफगानिस्तानका स्पिनर राशिद खानले शुक्रबार पाकिस्तानविरुद्धको खेलमा कीर्तिमान बनाएका छन्। उनी टी-२० अन्तर्राष्ट्रियमा सबैभन्दा छिटो एक सय विकेट लिने बलर बनेका हुन्।
 |  शनिबार, कात्तिक १३, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १३, २०७८

काठमाडौं- आईसीसी टी-२० विश्वकपमा अफगानिस्तानका स्पिनर राशिद खानले शुक्रबार पाकिस्तानविरुद्धको खेलमा कीर्तिमान बनाएका छन्। उनी टी-२० अन्तर्राष्ट्रियमा सबैभन्दा छिटो एक सय विकेट लिने बलर बनेका हुन्।

अफगानिस्तानका स्पिनर खानले श्रीलंकाका पूर्व लिजेन्ड लसिथ मालिंगाको कीर्तिमान तोडेका हुन्। राशिदले शुक्रबार पाकिस्तानविरुद्ध पहिलो विकेट लिएसँगै यो विश्व कीर्तिमान बनाएका हुन्। योसँगै एकदिवसीय र टी-२० दुवैमा सबैभन्दा छिटो विकेटको शतक बनाउने कीर्तिमान उनले आफ्नो नाममा लेखाएका छन्। 

पाकिस्तान र अफगानिस्तानबीचको आईसीसी टी-२० विश्वकपको २४औँ खेल महत्वपूर्ण मानिएको थियो। बलिङमा अद्भूत रहेको अफगान टोलीका कप्तान मोहम्मद नाबीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका थिए। खराब सुरुवातपछि पनि टिमले २० ओभरमा ६ विकेट गुमाएर एक सय ४७ रन बनाएको थियो। 

लक्ष्य पछ्याउँदै पाकिस्तानका लागि दुई महत्वपूर्ण विकेट लिएर राशिदले आफ्नो विकेटको संख्या एक सय नाघेका थिए। पाकिस्तानविरुद्धको खेलमा प्रवेश गर्नुअघि ९९ टी-२० अन्तर्राष्ट्रिय विकेट लिने रासिशद सबैभन्दा छिटो यो स्थान हासिल गर्ने खेलाडी बनेका हुन्।

एक सय विकेटको रूपमा हाफिज आउट

राशिदले पाकिस्तानको इनिङ्सको १५औं ओभरको पहिलो बलमा आफ्नो एक सय औं टी-२० विकेट लिएका थिए। उनले १४ दशमलव १ बलमा १० रन बनाएर मोहम्मद हफिजलाई गुलबदिन नाइबको हातमा क्याच आउट गरे। 

यसपछि उनले अर्धशतक बनाएर ब्याटिङ गरिरहेका कप्तान बाबर आजमलाई क्लिन-बोल्ड गरे। उनी ४७ बलमा ५१ रन बनाएर फर्किए। 

सबैभन्दा छिटो एक सय  टी-२० अन्तर्राष्ट्रिय विकेट

मालिंगाले ७६ खेल खेलेर टी-२० अन्तर्राष्ट्रियमा एक सय विकेट पूरा गरे भने राशिदले ५३ खेल खेलेर यो उपलब्धि हासिल गरेका छन्। बंगलादेशका शकिब अल हसनले ८४ खेलमा यो स्थान हासिल गरेका थिए।

न्युजिल्यान्डका टिम साउथीले पनि सोही खेलमा एक सय टी-२० अन्तर्राष्ट्रिय विकेट पूरा गरेका थिए। राशिदले यस फर्म्याटमा ४४ ओडीआई खेलेर आफ्नो एक सय विकेट पूरा गरेका छन्।

- न्युज कारखाना

प्रकाशित: Oct 30, 2021| 13:00 शनिबार, कात्तिक १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।