बुधबार, भदौ ३, २०८३

डडेल्धुरामा अवैध काठ तस्करी, गाउँपालिका बेखबर

डडेल्धुराको अजयमेरू गाउँपालिकामा अवैध काठ तस्करी भइरहेको छ।
 |  शनिबार, कात्तिक १३, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १३, २०७८

डडेल्धुरा- डडेल्धुराको अजयमेरू गाउँपालिकामा अवैध काठ तस्करी भइरहेको छ। गाउँपालिका-२ स्थित वेताल सामुदायक वनमा व्यापक वन फँडानी गरेर अवैध काठ तस्करी भइरहेको हो।

दाउरा काट्न र काठ चिर्न बन्देज गरे पनि दोगाड चोर चोर्लेक सडक निर्माण भइरहेको मौका पारी वन पैदावार नियमविपरीत बिक्री भइरहेको स्थानीयको आरोप छ। यस विषयमा गाउँपालिका भने जानकारविहीन छ। 

गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्टले यसबारे आफूलाई खबर आएको र सवडिभिजन र वडाध्यक्षलाई बुझ्न लगाएको प्रतिक्रिया दिए। सरोकारवाला निकाय उदासीन देखिएका कारण अवैध काठ तस्करी मौलाएको स्थानीय बताउँछन्। 

‘सामुदायिक वनबाट वन कार्ययोजनाविपरीत अवैध रूपमा रूख फँडानी कार्य तीव्र छ। सामुदायिक वनमा भएको तस्करीमा मुख्य रूपमा सामुदायिक वन उपभोक्ता समितिकै पदाधिकारीको मिलेमतो हुन सक्छ,’ एक स्थानीयले भने। 

यता, डिभिजन वन कार्यालय डडेल्धुराका प्रमुख रामबिचारी ठाकुरले सडक बनाउने क्रममा रूख कटान गरेको खबर आएको बताए। उनले भने, ‘टोली गएको छ। प्रतिवेदन आउनेवित्तिकै खबर गर्छु।’           

-न्युज कारखाना

प्रकाशित: Oct 30, 2021| 12:48 शनिबार, कात्तिक १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।