बुधबार, भदौ ३, २०८३

चितुवाको छाला र हड्डीसहित तीन जना पक्राउ

प्रहरीले चितुवाको छाला र हड्डीसहित बाँकेबाट तीन जनालाई पक्राउ गरेको छ।
 |  शनिबार, कात्तिक १३, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १३, २०७८

बाँके- प्रहरीले चितुवाको छाला र हड्डीसहित बाँकेबाट तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुर्खेत पञ्चपुरी नगरपालिका-७ का २४ वर्षीय रमेश वयक, २८ वर्षीय वसन्त बिसी र बाँके राप्ती सोनारी गाउँपालिका-९ का ३५ वर्षीय हिरासिंह विक रहेका छन्।

शुक्रबार बेलुका इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले उनीहरूलाई कोहलपुर-११ स्थित सागर गेष्ट हाउसबाट पक्राउ गरेको हो।

प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार उनीहरूको साथबाट एक थान चितुवाको छाला र एक किलो ४० ग्राम हड्डी बरामद भएको छ। उनीहरूलाई पक्राउ गरेर आवश्यक कारबाहीको लागि वन कार्यालय पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।


प्रकाशित: Oct 30, 2021| 10:56 शनिबार, कात्तिक १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।