काठमाडौं- कोभिड १९ को महामारीका कारण लामो समयसम्म रोकिएको यू १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा मंसिरमा हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले सबै जिल्ला सङ्घहरूलाई पत्राचार गर्दै प्रतियोगिताबारे जानकारी दिएका हो।
साथै क्यानले सबै जिल्ला र प्रदेश सङ्घहरूलाई तयारी र खेलाडी छनोट गर्न निर्देशन पनि दिएको छ।
क्यानको निर्देशनअनुसार अब जिल्लाको टिम कात्तिक १९ गते भित्र तय गरिने छ। त्यस्तै कात्तिक ३० गतेभित्र प्रदेशको टिम तयार गर्न जिल्ला प्रादशिक संघलाई क्यानले निर्देशन दिएको छ।
यू १९ मा सहभागी हुने सबै खेलाडीको जन्म मिति २०५९ भदौ १६ गते देखिको हुनुपर्ने क्यानले पत्रमा उल्लेख गरेको छ। कोरोनाभाइरसको महामारीको कारण अघिल्लो वर्ष नै हुनुपर्ने यो प्रतियोगिता यो वर्ष हुन लागेको हो।
महिला तथा पुरुषतर्फको गत वर्षको प्रतियोगिता भने सम्पन्न भइसकेका छन्।