सोमबार, असार २२, २०८३

यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता मंसिर ४ गतेबाट

कोभिड १९ को महामारीका कारण लामो समयसम्म रोकिएको यू १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा मंसिरमा हुने भएको छ।
 |  शनिबार, कात्तिक १३, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १३, २०७८

काठमाडौं- कोभिड १९ को महामारीका कारण लामो समयसम्म रोकिएको यू १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा मंसिरमा हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले सबै जिल्ला सङ्घहरूलाई पत्राचार गर्दै प्रतियोगिताबारे जानकारी दिएका हो।

साथै क्यानले सबै जिल्ला र प्रदेश सङ्घहरूलाई तयारी र खेलाडी छनोट गर्न निर्देशन पनि दिएको छ।

क्यानको निर्देशनअनुसार अब जिल्लाको टिम कात्तिक १९ गते भित्र तय गरिने छ। त्यस्तै कात्तिक ३० गतेभित्र प्रदेशको टिम तयार गर्न जिल्ला प्रादशिक संघलाई क्यानले निर्देशन दिएको छ।

यू १९ मा सहभागी हुने सबै खेलाडीको जन्म मिति २०५९ भदौ १६ गते देखिको हुनुपर्ने क्यानले पत्रमा उल्लेख गरेको छ। कोरोनाभाइरसको महामारीको कारण अघिल्लो वर्ष नै हुनुपर्ने यो प्रतियोगिता यो वर्ष हुन लागेको हो।

महिला तथा पुरुषतर्फको गत वर्षको प्रतियोगिता भने सम्पन्न भइसकेका छन्।

प्रकाशित: Oct 30, 2021| 09:30 शनिबार, कात्तिक १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।