सोमबार, असार २२, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • बंगलादेशमा हुने सेन्ट्रल जोन भलिबलमा नेपाका दुई टोली सहभागी हुने

बंगलादेशमा हुने सेन्ट्रल जोन भलिबलमा नेपाका दुई टोली सहभागी हुने

एसियाली सेन्ट्रल जोन भलिबल प्रतियोगितामा नेपालले प्रतिस्पर्धा गर्ने भएको छ।
 |  शनिबार, कात्तिक १३, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १३, २०७८

काठमाडौं- एसियाली सेन्ट्रल जोन भलिबल प्रतियोगितामा नेपालले प्रतिस्पर्धा गर्ने भएको छ। अब बंगलादेशमा आयोजना हुने प्रतियोगितामा नेपालले पनि पनि सहभागिता जनाउने पक्का भएको हो।

नेपाल भलिबल संघले शुक्रबार नेपालको महिला र पुरुष दुवै टिमले सहभागिता जनाउने पक्का गरेको हो। बंगलादेशको राजधानी ढाकामा आयोजना हुने प्रतियोगिता आगामी डिसेम्बर २१ देखि २९ सम्म हुनेछ।

यो प्रतियोगिताका लागि अब नेपालले चाँडै नेपाली राष्ट्रिय टिमको बन्द प्रशिक्षण सुरु गर्नेछ। नेपाली महिला टिमले दुई वर्षअघि बंगलादेशमै भएको सेन्ट्रल जोन प्रतियोगिताको उपाधि जितेको थियो।

सो प्रतियोगितामा नेपाली पुरुष टिमले भने सम्झनलायक प्रदर्शन गर्न सकेको थिएन।

प्रकाशित: Oct 30, 2021| 09:00 शनिबार, कात्तिक १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।