काठमाडौं- जारी आईसीसी टी २० विश्वकपमा पाकिस्तानले शुक्रबार राति अफगानिस्तानविरुद्ध जित निकालेको छ। पहिलो खेलमा भारतलाई र दोस्रो खेलमा न्युजिल्यान्डलाई हराएको पाकिस्तानले तेस्रो खेलमा अफगानिस्तानलाई पाँच विकेटले हराएको हो।
पाकिस्तानको जितमा असिफ अलि प्लेयर अफदी म्याच रहे। उनले सात बलमा नटआउट २५ रन जोडे। छैटौं नम्बरमा ब्याटिङमा आएका उनले पाकिस्तानलाई जित दिलाएका हुन्।
टस जितेर ब्याटिङ रोजको अफगातिस्तनले पुरा ओभर खेल्दै ६ विकेट गुमाएर १४७ रन बनाएको थियो। जवाफमा ६ बल बाँकी रहँदै पाँच विकेट गुमाएर पाकिस्तानले लक्ष्य पुरा गर्यो।
अफगानिस्तानका लागि कप्तान मोहम्मद नावी र गुलाबदिन नैबले समान ३५–३५ रन बनाए। त्यस दौरान पाकिस्तानलका इमद वासिमले दुई विकेट लिए भने शहिन साह अफ्रिदी, हरिस रउफ, हसन अली र शदाब खानले समान १,१ विकेट लिए।
जवाफमा पाकिस्तानका बाबर अजामले सर्वाधिक ५१ रन बनाए। त्यसक्रममा अफगानिस्तानका राशिद खानले दुई विकेट लिए भने मुजिव उर रहमान, मोहम्मद शामी र नविन उल हकले समान १/१ विकेट लिए।
तेस्रो जितपछि पाकिस्तानलेने समूह दुई मा ६ अंक जोडेर सेमिफाइनल नजिक पुगेको छ। अफगानिस्तान भने दुई अंकका साथ दोस्रो स्थानमा छ।