सोमबार, असार २२, २०८३

डी मारिया चम्किँदा पीएसजीको पुनरागमन जित

फ्रान्सेली शीर्ष डिभिजनको फुटबल लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लिल्लमाथी पुनरागमन जित निकालेको छ।
 |  शनिबार, कात्तिक १३, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १३, २०७८

काठमाडौं- फ्रान्सेली शीर्ष डिभिजनको फुटबल लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लिल्लमाथी पुनरागमन जित निकालेको छ। 

पीएसजीको मैदानमा शुक्रबार राति सम्पन्न खेलमा घरेलु टिमले लिल्ललाई २–१ गोलअन्तरले हराएको हो।

पीएजीको जितका लागि माक्विन्होस र डी मारियाले गोल गरे। खेलको ३१औं मिनेटमा लिल्लका जे डेविडले गोल गरेपछि पीएसजी पहिलो हाफमै एक गोलले पछि परेको थियो।

तर, ७५औं मिनेटमा डी मारियाले उपलब्ध गराएको पासबाट माक्र्विन्होस्ले गोल गर्दै खेल बराबरी गरेका थिए। यता निर्धारित समयको दुई मिनेटअघि मात्रै ब्राजिलियन फरवार्ड नेयमारले पास दिएको बललाई डिमारियाले पोस्टभित्र छिराएपछि पीएसजीले २–१ अग्रता आफ्नो हातमा लिएका थियो।

र, सोही अग्रताका साथ उसले जित निकालेको हो। यो जितसँगै पीएसजी शीर्षस्थानमा १० अंकले अघि छ। पीएसजीको ३१ अंक हुँदा दोस्रो स्थानको लेन्सको २१ अंक छ। पराजित लिल्ला भने १५ अंकका साथ ११औं स्थानमा छ।

प्रकाशित: Oct 30, 2021| 06:57 शनिबार, कात्तिक १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।