बुधबार, भदौ ३, २०८३

विश्व सहर दिवस मनाइने

‘सुन्दर र सुखी जीवनको आधार: जलवायु उत्थानशीलताका लागि सहरको अनुकूलन’ भन्ने नारासहित विश्व सहर दिवस मनाइने भएको छ।
 |  शनिबार, कात्तिक १३, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १३, २०७८

काठमाडौं- ‘सुन्दर र सुखी जीवनको आधार: जलवायु उत्थानशीलताका लागि सहरको अनुकूलन’ भन्ने नारासहित विश्व सहर दिवस मनाइने भएको छ।

शुक्रबार काठमाडौंमा विश्व सहर दिवस २०७८ को उपलक्ष्यमा पत्रकार सम्मेलन गर्दै सहरी विकास तथा भवन निर्माण विभागले यस वर्ष नेपालमा ‘सुन्दर र सुखी जीवनको आधार: जलवायु उत्थानशीलताका लागि सहरको अनुकूलन’ भन्ने नारासहित विश्व सहर दिवस मनाइने भएको जानकारी दिएको हो। 

पत्रकार सम्मेलनमा सहरी विकास मन्त्रालयका सहसचिव विष्णुप्रकाश शर्माले यस दिवसको मुख्य उद्देश्य विकासको प्रमुख मुद्दा सहरीकरणलाई मानेर अन्तर्राष्ट्रिय समुदायको ध्यान आकृष्ट गर्नु र दिगो सहरी विकास हासिल गर्नका लागि अवसरको खोजी तथा सहरी चुनौतीको समाधान गर्ने रहेको बताए। उनले कार्तिक १४ गते आइतबार बबरमहलमा कार्यशाला गोष्ठी आयोजना गरिने बताए।

सहसचिव शर्माले भने, ‘यस वर्ष विश्व सहर दिवस राम्रो सहर, राम्रो जीवन रहेको छ र नेपालमा सुन्दर र सुखी जीवनको आधार, जलवायु उत्थानशीलताका लागि सहरको अनुकूलन तय गरिएको छ। हामी २०७८ कार्तिक १४ गते आइतबार सहरी विकास तथा भवन निर्माण विभाग, बबरमहलमा भौतिक उपस्थितिमै कार्यशाला गोष्ठी गर्नेछौं।’

विश्व सहर दिवस  सन् २०१३ देखि संयुक्त राष्ट्रसंघको साधारण सभाद्वारा संकल्प स्थापित गरे बमोजिम पहिलो विश्व सहर दिवस अक्टोबर २०१४ मा मनाइएको थियो। नेपालमा भने २०१९ देखि यो दिवस मनाउन थालिएको हो।

प्रकाशित: Oct 30, 2021| 06:50 शनिबार, कात्तिक १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।