सोमबार, असार २२, २०८३

वेस्ट इन्डिजको पहिलो जित, बंगलादेश लगातार पराजित

बंगलादेश लगातार दोस्रो खेलमा पराजित हुँदा वेस्ट इन्डिजले आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा पहिलो जित निकालेको छ।
 |  शुक्रबार, कात्तिक १२, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १२, २०७८

काठमाडौं- बंगलादेश लगातार दोस्रो खेलमा पराजित हुँदा वेस्ट इन्डिजले आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा पहिलो जित निकालेको छ।

सारजाहमा शुक्रबार भएको खेलमा बंगलादेशलाई तीन रनले हराउँदै वेस्ट इन्डिजले पहिलो जित निकालेको हो। वेस्ट इन्डिजले दिएको १ सय ४३ रनको लक्ष्य पछ्याएको बंगलादेशले २० ओभरमा पाँच विकेट गुमाएर १ सय ३९ रन बनायो। 

बंगलादेशको जितमा टोन दासले सर्वाधिक ४४ रन बनाए । कप्तान महमुदउल्लाहले अविजित ३१ रन बनाए। वेस्ट इन्डिजका रबी रामपाल, ड्वाने ब्राभो, जासन होल्डर,आन्द्रे रसेल र अकिल होसेनले समान १–१  विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा सात विकेट गुमाएर १ सय ४२ रन बनायो।वेस्ट इन्डिजका निकोलस पुरनले सर्वाधिक ४० रन बनाए । रोस्टन चेसले ३९ रन जोड्दा जासन होल्डरले अविजित १५ रन बनाए।

बंगलादेशका मेहदी हसन, मुस्ताफिजुर रहमान र शोरिफुल इस्लामले समान दुई विकेट लिए। जितसँगै वेस्ट इन्डिजले तीन खेलमा दुई अंक जोडेको छ। समूह एकको वेस्ट इन्डिज पाँचौं स्थानमा रहेको छ। बंगलादेशले लगातार तेस्रो हार व्यहोरेको छ।

प्रकाशित: Oct 29, 2021| 20:55 शुक्रबार, कात्तिक १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।