लन्डन- बेलायतका प्रधानमन्त्री बोरिस जोनसोन र चिनियाँ राष्ट्रपति सी चिनपिङबीच कुराकानी भएको छ। आसन्न कोप–२६ को पूर्वसन्ध्यामा दुई प्रभावशाली मुलुकका शीर्ष नेताहरू बीचमा टेलिफोनमा कुराकानी भएको हो।
उनीहरूबीचमा जलवायु परिवर्तन र त्यसका असरहरू न्यूनीकरण गर्न ठोस कदम चाल्नु पर्ने विषयमा कुराकानी भएको जनाइएको छ।
विश्व व्यापार तथा आर्थिक सहकार्य, सुरक्षा, मानव अधिकारलगायतका विषयमा पनि दुई शीर्ष नेताले छलफल गरेको बताइएको छ।
प्रधानमन्त्री जोनसोनको सचिवालयद्वारा जारी वक्तव्यमा चिनियाँ राष्ट्रपति सम्मेलनमा भौतिक रुपमा सहभागी नहुने भएकाले उनीहरुका बीचमा फोनमा कुराकानी भएको उल्लेख गरिएको छ।
बेलायतकै आयोजनामा आगामी आइतबारदेखि ग्लासगोमा दुई हप्ते शिखर सम्मेलन हुन लागेको छ।