शनिबार, असोज २४, २०८३

रहेनन् अभिनेता पुनित राजकुमार

शुक्रबार बिहान जिममा वर्कआउट गर्ने क्रममा हृदयघात भएपछि उनलाई शुक्रबार बिहानै बंगलुरुस्थित विक्रम अस्पतालमा भर्ना गरिएको थियो।
 |  शुक्रबार, कात्तिक १२, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १२, २०७८

मुम्बई- दक्षिण भारतीय फिल्म (कन्नड)का चर्चित अभिनेता पुनित राजकुमारको ४६ वर्षको उमेरमा निधन भएको छ।

शुक्रबार बिहान जिममा वर्कआउट गर्ने क्रममा हृदयघात भएपछि उनलाई शुक्रबार बिहानै बंगलुरुस्थित विक्रम अस्पतालमा भर्ना गरिएको थियो। दैनिक भास्करको समाचार अनुसार अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो। 

पुनितको निधनपछि कर्नाटक शोकमा डुबेको छ। राज्यका सबै थिएटर बन्द गरिएका छन्। उनका प्रशंसकहरुलाई नियन्त्रणमा राख्नका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ। पुनितको निधनमा शोक व्यक्त गर्न कर्नाटकका मुख्यमन्त्री बसवराज बोम्बईसमेत अस्पताल पुगेका थिए।

पुनितका पिता समेत दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता थिए। उनी कन्नड फिल्मका पहिलो अभिनेता थिए जसले  दादासाहेब फाल्के अवार्ड मिलेको थियो।

राष्ट्रिय पुरस्कारबाट सम्मानित भएका पुनितले भने आफ्नो करिअरको सुरुवात बाल कलाकारको रुपमा गरेका थिए। पुनितको निधनप्रति यतिखेर भारतका थुप्रै कलाकारहरूले दुख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्।

प्रकाशित: Oct 29, 2021| 16:28 शुक्रबार, कात्तिक १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।