सोमबार, कात्तिक १७, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • पूर्ण मात्रा खोप लगाएका व्यक्तिले पनि कोरोना सार्न सक्छन् : अध्ययन

पूर्ण मात्रा खोप लगाएका व्यक्तिले पनि कोरोना सार्न सक्छन् : अध्ययन

बेलायतमा गरिएको एक अध्ययनअनुसार कोभिड १९ विरुद्धको पूर्ण मात्रा खोप लगाएका व्यक्तिलाई पनि कोभिड सङ्क्रमण भएको पाइएको छ। त्यस्ता व्यक्तिबाट अरूलाई पनि सङ्क्रमण हुने गरेको पाइएको छ।
 |  शुक्रबार, कात्तिक १२, २०७८

बीबीसी

बीबीसी

शुक्रबार, कात्तिक १२, २०७८

लन्डन– बेलायतमा गरिएको एक अध्ययनअनुसार कोभिड १९ विरुद्धको पूर्ण मात्रा खोप लगाएका व्यक्तिलाई पनि कोभिड सङ्क्रमण भएको पाइएको छ। त्यस्ता व्यक्तिबाट अरूलाई पनि सङ्क्रमण हुने गरेको पाइएको छ। अध्ययनअनुसार दुई मात्रा खोप लगाएका व्यक्तिले पनि खोप नलगाएका व्यक्तिले जत्तिकै सङ्क्रमण फैलाउन सक्ने सम्भावना देखिएको छ।

Kumaribank

लक्षण भए पनि नभए पनि खोप लगाइसकेका तर सङ्क्रमण भएका मानिसले सँगै बस्ने खोप नलगाएका अरू मानिसमा कोरोनाभाइरस सार्ने सम्भावना ३८ प्रतिशत रहेको सो अध्यननले देखाएको छ। उनीहरूले पाँच मध्ये दुई जनालाई कोभिड सार्न सक्छन्।

तर सँगै बस्ने सबै जनाले पूर्ण मात्रामा कोभिड विरुद्धको खोप लगाएका छन् भने त्यस्तो सम्भावना २५ प्रतिशत मात्र हुने पनि अध्यननले देखाएको छ। ‘द लान्सिट इन्फेक्सस डिजिजेज’को अध्ययनबाट किन अत्यधिक मानिसलाई खोप दिनु महत्त्वपूर्ण छ भन्ने स्पष्ट भएको शोधकर्ताले बताएका छन्।

खोप नलगाएका मानिस आफूलाई कोभिड सर्ने जोखिमबाट जोगिन खोप लगाएका अरु मानिसप्रति ढुक्क नहुन विज्ञहरूले सुझाएका छन्।

खोपले कोरोनाभाइरस सङ्क्रमणबाट हुने गम्भीर समस्या र मृत्युबाट जोगाउन सहयोग गर्ने अध्ययनले देखाएको छ। तर सङ्क्रमण रोक्न भने पूर्ण रूपमा त्यति प्रभावकारी भनरे नहुन सक्छ। विशेषगरी भाइरसका डेल्टा भेरिअन्टजस्ता बढी सङ्क्रामक बनेका बेला तिनले कोभिड सर्नबाट रोक्न सक्दैनन्।

Metro Mart

अनि  बिस्तारै खोपले दिने प्रतिरोधात्मक सुरक्षा घट्दै जान्छ र खोपको अतिरिक्त मात्रा आवश्यक पर्छ।  त्यसैले  सबैले अनिवार्य रूपमा पूर्ण मात्राको खोप लिन विज्ञले सुझाएका छन्। गत सेप्टेम्बरसम्म एक वर्ष लगाएर गरिएको उक्त अध्ययनमा लन्डन र बोल्टनमा कोभिडका लागि पीसीआर परीक्षण गरेका ४४० घरपरिवारलाई  छनोट गरिएको थियो।

खोप नलगाएका मानिससँग तुलना गर्दा पूर्ण मात्रामा खोप लगाएका मानिसमा डेल्टा भेरिअन्ट सरेर कोभिड हुने कम तर उल्लेख्य जोखिम भने भएको देखिएको छ। 

प्रकाशित: Oct 29, 2021| 16:14 शुक्रबार, कात्तिक १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।