डडेल्धुरा- गन्यापधुरा गाउँपालिका–३ मा नाम ठेगाना नखुलेको अन्दाजी ४५–५० वर्षीय पुरुष फेला परेका छन्।
डडेल्धुरा प्रहरीका उनुसार उनी बोल्न जान्दैनन्। उनको मानसिक अवस्था ठिक नभएको, हात, मुख, आँखा र खुट्टामा चोटपटक पनि लागेकाले हिड्न नसक्ने अवस्थामा छन्।
प्रहरीले ति पुरुषको उद्धर गरि डडेल्धुरा अस्पतालमा लगेको छ। उनलाई चिन्ने व्यक्तिले डडेल्धुरा अस्पताल डडेल्धुरामा सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ।