बुधबार, भदौ ३, २०८३

विद्यालयको लत लगाउँदै दिवा खाजा

सप्तरीको राजगढ गाउँपालिका नर्घोकी दश वर्षीया निलम मण्डल केही समयअघिसम्म विद्यालय जान अल्छी गर्थिन्। विद्यालयको कुरा गर्यो कि लुकिहाल्थिन्।
 |  शुक्रबार, कात्तिक १२, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १२, २०७८

सप्तरी- सप्तरीको राजगढ गाउँपालिका नर्घोकी दश वर्षीया निलम मण्डल केही समयअघिसम्म विद्यालय जान अल्छी गर्थिन्। विद्यालयको कुरा गर्यो कि लुकिहाल्थिन्। 

तर अहिले उनीलाई बिद्यालय जाउ भन्नै पर्दैन। विद्यालय कति बेला जान पाइन्छ भनेर कुरेर बस्छिन्। बिहान नौ बज्यो कि खुशी हुँदै कितावकापी बोकेर बिद्यालयतर्फ कुदिहाल्छिन्। उनका काका श्यामप्रित मण्डलले भने, ‘बोर्डिङ्ग स्कुलमा भर्ना गरेका थियौं। जति फकाउँदा पनि विद्यालय जान मान्दैन थिइन्। दिक्क भइसकेका थियौं।’ केही समयअघि स्थानीय सामुदायिक विद्यालयमा त्यहीँ अध्ययनरत दाजु नितेशसँग गइछन्। त्यहाँ सबै विद्यार्थीले दिवा खाजा खाएको देखिछन्। यहाँ पढ्न आए त खाजा पनि खान पाइने रहेछ भन्ने परेछ। त्यसपछि त उनी एक दिन पनि बोर्डिङ स्कुल नगएको काका श्यामप्रितले बताए। 

उनले थपे, ‘उनी मात्रै होइन छिमेकका सबै नानीबाबुलाई सामुदायिक विद्यालयको दिवा खाजाले तानेको छ। रूँदै विद्यालय जाने बालबालिका अहिले खुशी हुँदै जान्छन्।’

राजविराज नगरपालिका–१ को राजदेवी माविमा कक्षा ४ मा अध्ययनरत दीपक रजक पनि दिवा खाजाको लोभमा बिद्यालय जाने गरेको आमा दुर्गादेवी रजकले बताइन्। उनले भनिन्, ‘दीपकलाई निजी बिद्यालयमा भर्ना गरेका थियौं। विद्यालय जानै मान्दैन्थ्यो। सामुदायिक विद्यालयमा भर्ना गरेदेखि बिद्यालय जाउँ भन्नै पर्दैन्।’ दिवा खाजाले विपन्न समुदायका बालबालिकालाई विद्यालयको लत नै लगाइदिएको उनको भनाइ छ। 

यसैगरी सप्तरी बिष्णुपुर गाउँपालिकाका स–साना बालबालिका पनि दिवा खाजाको लोभमा विद्यालय जाने गरेको स्थानीय बुलन्ती सदाले बताइन्। उनले भनिन्, ‘मेरो जेठो छोरा सात वर्ष र छोरी पाँच वर्षका भए। उनीहरू दुवै जना नजिकैको सामुदायिक बिद्यालय पढ्छन्। उनीहरूलाई विद्यालय जाउँ भन्नै पर्दैन। उनले भनिन्, ‘विद्यालयमा टिफिनमा नास्ता दिन्छ भन्दै कुद्छन्।’ उनले आफू पढेलेखा नभएको र छोराछोरी विद्यालयमा पढ्छन् की के गर्छन थाहा नभएको पनि बताइन। तर दिवा खाजाले छोराछोरीलाई विद्यालय जाने लत लागेको उनको भनाइ छ। हाम्रो समुदायका अरु बालबालिका पनि खुशी हुँदै बिद्यालय गएको देख्दा दिवा खाजाको प्रभाव सामुदायिक बिद्यालयमा बढेको महशुस भएको बुलन्तीको भनाइ छ।

विद्यार्थी पनि बढेका छन् : यादव

नेपाल शिक्षक महासंघ सप्तरीका अध्यक्ष दिनेशप्रसाद यादवले विद्यालयमा दिवा खाजाको सकारात्मक प्रभाव परेको बताए। उनले भने, ‘दिवा खाजा शुरू भएदेखि विद्यालयमा १ देखि ५ सम्मको विद्यार्थीको संख्या बढेको छ।’

ग्रामीण भेगमा यसको प्रभाव झनै बढेको छ। विद्यार्थीलाई टिकाइराख्न यसले झन सहयोग गरेको अध्यक्ष यादवको बुझाइ छ। विद्यार्थीहरूको टिफिन टाइममा भाग्ने क्रियाकलाप पनि ह्वात्तै घटाएको छ। उनले थपे, ‘खाजाको गुणस्तरीयतामा पनि सम्बन्धित निकायले ध्यान दिनु जरूरी छ। प्रत्येक विद्यार्थीका लागि १५ रूपैयाँको दरले खाजा भत्ता आउँछ। यो एकदमै थोरै हो।’

स्थानीय नगरपालिका र गाउँपालिकाले पनि यसको रकम दुरुपयोग हुन नदिन अनुगमन गर्न जरुरी रहेको विष्णुपुर गाउँपालिका–६ का मुकेश सदाले बताए। उनले भने, ‘हाम्रो समुदायमा बसोवास गर्ने कति बालबालिकालाई दुई छाक खान पनि समस्या छ। भोक टार्न दिवा खाजाको लोभमा बालबालिका विद्यालय जाने गरेका छन्।’ किसान र मजदुरी गर्ने परिवार यहाँ बढी छन्, हुनेले पनि समयमा पकाएर दिन सक्ने अवस्था नभएपछि दिवा खाजाले भोक टार्न पनि सहयोग गरेको मुकेश सदाको भनाइ छ। उनी थप्छन्, ‘दिवा खाजामा थप रकम दिएर पौष्टिक खाजामा ध्यान दिन जरुरी छ।

- न्युज कारखाना

प्रकाशित: Oct 29, 2021| 13:32 शुक्रबार, कात्तिक १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।