बुधबार, भदौ ३, २०८३

रसुवामा फेरि देखियो कोरोना संक्रमण

रसुवामा कोरोनाभाइरस संक्रमण फेरि देखिएको छ। १५ दिनयता कोरोना संक्रमण शून्य रहेकोमा बिहीबार रसुवामा चार जनामा संक्रमण पुष्टि भएको हो।
 |  शुक्रबार, कात्तिक १२, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १२, २०७८

रसुवा- रसुवामा कोरोनाभाइरस संक्रमण फेरि देखिएको छ। १५ दिनयता कोरोना संक्रमण शून्य रहेकोमा बिहीबार रसुवामा चार जनामा संक्रमण पुष्टि भएको हो। 

गत २९ असोजदेखि कोरोना संक्रमण शून्य रहेकोमा बिहीबार उत्तरगया गाउँपालिकाका चार जनामा संक्रमण पुष्टि भएको  स्वास्थ्य कार्यालय रसुवाका प्रमुख वसन्त चालिसेले बताए।  

स्वास्थ्य कार्यालयका अनुसार रसुवामा हालसम्म चार हजार सात सय २७ जनाको कोरोना परीक्षण गरिएकोमा एक हजार तीन सय २७ जना संक्रमित भएका छन्। संक्रमितमध्ये एक हजार तीन सय २३ जना संक्रमणमुक्त भएका छन् भने चार जना अहिले होम आइसोलेसनमा छन्। 

कोरोना संक्रमणका कारण दुई जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय रसुवाको तथ्यांक छ। जिल्लामा आइसियु, भेन्टिलेटर लगायतका अत्यावश्यक उपकरणको सुबिधा नहुँदा जटिल प्रकृतिका बिरामीको उपचारका लागि जिल्ला बाहिर रिफर गर्नुपर्ने बाध्यता रहेको छ।

- न्युज कारखाना


प्रकाशित: Oct 29, 2021| 13:26 शुक्रबार, कात्तिक १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।