सोमबार, असार २२, २०८३

आर्मी मेयर कप भेट्रान्सको सेमिफाइनलमा

नेपाल आर्मीले मेयर कप भेट्रान्स फुटबल प्रतियोगितामा लगातार दोस्रो जित निकाल्दै सेमिफाइनल प्रवेश गरेको छ।
 |  शुक्रबार, कात्तिक १२, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १२, २०७८

काठमाडौं- नेपाल आर्मीले मेयर कप भेट्रान्स फुटबल प्रतियोगितामा लगातार दोस्रो जित निकाल्दै सेमिफाइनल प्रवेश गरेको छ। शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो क्वाटरफाइनलमा भनिमण्डल भेट्रान्सलाई ३-० गोल अन्तरले पराजित गर्दै आर्मी अन्तिम चारमा प्रवेश गरेको हो।

आर्मीको जितमा राजु तामाङ, विकर्ण श्रेष्ठ र हरि महतोले एक–एक गोल गरे। राजुले खेलको छैटौँ मिनेटमा गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए।

विकर्णले १६औं मिनेटमा आर्मीको अग्रता दोब्बर बनाए। हरीले ४९औं मिनेटमा गोल गर्दै आर्मीलाई ३-० को अग्रता दिलाए। आर्मीका हरि म्यान अफ द म्याच घोषित भए।

लिगकप नकआउट प्रणालीमा खेलाइने यस प्रतियोगितामा २१ टिमले प्रतिस्पर्धा गरेका थिए। २१ टिमलाई सात समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहका विजेता र एक उत्कृष्ट उपविजेता टिमले दोस्रो चरणमा स्थान बनाएका थिए।

एउटा टिममा २० खेलाडी हुनेछन्। जसमा ३५ देखि ४० वर्ष उमेरसम्मका तीन खेलाडी हुनेछन्। बाँकी खेलाडी ४० वर्षभन्दा माथिको हुनुपर्नेछ। खेलको समयअवधि ६० मिनेट (एक हाफ ३० मिनेटको हुनेछ।) खेलमा सात खेलाडी परिवर्तन गर्न पाइनेछ। 

प्रतियोगिताको विजेता टोलीले पाँच लाख र उपविजेताले दुई लाख ५० हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन्।  -न्युज कारखाना

प्रकाशित: Oct 29, 2021| 12:15 शुक्रबार, कात्तिक १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।