बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • क्यान्सर अस्पतालको केन्द्र चितवन बाहेक अन्यन्त्र सम्भव छैन : प्रचण्ड

क्यान्सर अस्पतालको केन्द्र चितवन बाहेक अन्यन्त्र सम्भव छैन : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन बाहेक अन्य ठाउँमा क्यान्सर अस्पतालको केन्द्र बनाउन सम्भव नभएको बताएका छन्।
 |  शुक्रबार, कात्तिक १२, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १२, २०७८

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन बाहेक अन्य ठाउँमा क्यान्सर अस्पतालको केन्द्र बनाउन सम्भव नभएको बताएका छन्। 

चितवनको एक कार्यक्रममा बोल्दै प्रचण्डले भरतपुरको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा अरबौं लगानी भइसकेकाले क्यान्सरसँग सम्बन्धित केन्द्र अन्यत्र बनाउन सम्भव नभएको बताए।  उनले भने, ‘नेपालमा भएका क्यान्सर अस्पतालमध्ये राम्रो भौतिक पूर्वाधार भएको, विज्ञ चिकित्सकको ठूलो संख्या भएको ठाउँ छोडेर अन्यत्र क्यान्सरको केन्द्र बनाउने भन्ने सम्भव छैन। क्यान्सर प्रतिष्ठान भक्तपुरमा बनाउन लागिएको सन्दर्भमा उनले क्यान्सरको केन्द्र चितवनबाहेक अन्यत्र बनाउन सम्भव नभएको बताएका हुन्।

प्रचण्डले केही समयभित्रै देखिने गरी स्वास्थ्य क्षेत्रमा सुधार हुने बताएका छन्।संविधानमा स्वास्थ्य र शिक्षालाई मौलिक अधिकारको रूपमा परिभाषित गरिसकेपछि उच्चस्तरीय स्वास्थ्य सेवा आयोग बनाएर एउटा मास्टर प्लान बनाउनु पर्ने आवश्यकता रहेको बताए। शिक्षा र स्वास्थ्यको दायित्व राज्यले लिनुपर्ने उनले बताए। 

स्वास्थ्य क्षेत्र सुधारका लागि परिवर्तन गर्नुपर्ने बताउँदै उनले  पुरानै ऐन, नियम र परम्परा कायम रहेकाले स्वास्थ्य क्षेत्रमा परिवर्तन आउन नसकेको बताए।

प्रकाशित: Oct 29, 2021| 11:42 शुक्रबार, कात्तिक १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।