संखुवासभा- संखुवासभाको चिचिला गाउँपालिका-२ दिदिङमा खुकुरी प्रहारबाट एक जना घाइते भएका छन्। घाइते हुनेमा चिचिला गाउँपालिका-२ दिदिङका ५० jर्षीय दुर्गाबहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिए।
बिहीबार साँझ ७ बजेतिर सामान्य विवाद हुँदा सोही ठाउँका ३० वर्षीय दिनेश राईले खुकुरी प्रहार गर्दा गुरुङ गम्भीर घाइते भएका हुन्। खुकुरी प्रहारबाट गुरुङको टाउको,आँखा र शरीरको विभिन्न भागमा चोट लागेको सुवेदीले जानकारी दिए।
गम्भीर घाइते गुरुङको जिल्ला अस्पताल संखुवासभामा उपचार हुन सकेपछि थप उपचारका लागि न्युरो अस्पताल विराटनगर लगिएको छ। खुकुरी प्रहार गर्ने राई फरार रहेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। घटनाको जानकारी पाए लगत्तै प्रहरी निरिक्षको कमान्डमा प्रहरीको टोली घटनास्थल पुगेको छ। -न्युज कारखाना