बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • औषधी व्यवस्था विभागले बढाएको मूल्यबारे छानबिन गर्ने जिम्मेवारी स्वास्थ्य सचिवलाई

औषधी व्यवस्था विभागले बढाएको मूल्यबारे छानबिन गर्ने जिम्मेवारी स्वास्थ्य सचिवलाई

औषधी व्यवस्था विभागले कानुन विपरीत बढाएको भनिएको विदेशी औषधीको मूल्यबारे छानबिन गर्ने जिम्मेवारी स्वास्थ्य सचिवलाई दिइएको छ।
 |  शुक्रबार, कात्तिक १२, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १२, २०७८

काठमाडौं- औषधी व्यवस्था विभागले कानुन विपरीत बढाएको भनिएको विदेशी औषधीको मूल्यबारे छानबिन गर्ने जिम्मेवारी स्वास्थ्य सचिवलाई दिइएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले कानुन विपरीत बढाइएको विदेशी औषधीको मूल्य छानबिन गर्ने जिम्मेवारी स्वास्थ्य सचिव डा. रोशन पोखरेललाई दिइएको जानकारी दिए। साथै, मन्त्री खतिवडाले औषधीको मूल्य सम्बन्धमा देखिएको समस्या दीर्घकालीन रूपमा कसरी समाधान गर्ने भन्ने विषय पनि टुंगो लगाइने बताए।

विभागले यसअघि कानुन विपरीत गुपचुप रूपमा विदेशी औषधी मूल्यवृद्धि गर्ने गरेको समाचार बाहिरिएपछि मन्त्री खतिवडाले स्वास्थ्यसचिवलाई सो छानबिनको जिम्मेवारी दिएका हुन्। विभागले ७ कम्पनीका ५२ वटा ब्राण्डका औषधीको मूल्य वृद्धि गरेको बताइएको छ।

प्रकाशित: Oct 29, 2021| 09:06 शुक्रबार, कात्तिक १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।