बुधबार, भदौ ३, २०८३

फेसबुकले आफ्नो नाम फेर्‍यो

फेसबुकले आफ्नो कम्पनीको नाम परिवर्तन गरेको छ। कम्पनीको नाम परिवर्तन गरेर फेसबुकले ‘मेटा’ राखेको छ।
 |  शुक्रबार, कात्तिक १२, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १२, २०७८

काठमाडौं- फेसबुकले आफ्नो कम्पनीको नाम परिवर्तन गरेको छ। कम्पनीको नाम परिवर्तन गरेर फेसबुकले ‘मेटा’ राखेको छ।

फेसबुकका प्रमुख मार्क जुकरबर्गले कम्पनीको नाम मेटा राखिएको बताएका छन्। पछिल्लो समय भर्चुअल रियालिटी (भीआर) प्रविधिको प्रयोग बढाउने योजनाका साथ कम्पनीको नाम परिवर्तन गरिएको उनले बताएका छन्।

जुकरबर्गले बिहीबार क्यालिफोर्नियास्थित मेन्लो पार्कको मुख्यालयमा मेटाको नयाँ लोगो सार्वजनिकसमेत गरेका छन्। 

फेसबुकले गरेको आफ्नो नामको परिवर्तन व्यक्तिगत प्लेटफर्ममा भने देखिँदैन। फेसबुकले गरेको नाम परिवर्तन पछि पनि फेसबुक, इन्स्टाग्रा वा ह्वाट्सएप चलाउँदा कुनै परिवर्तन भने हुने छैन।

फेसबुकको लक्ष्य डिजिटल अवतारमार्फत मानिसहरूले छलफल गर्ने भर्चुवल क्षेत्रलाई विस्तार गर्ने भए पनि कम्पनीले तत्कालै आफ्नो कार्पेरेट संरचनामा भने कुनै परिवर्तन नगर्ने भएको छ।

प्रकाशित: Oct 29, 2021| 08:50 शुक्रबार, कात्तिक १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।