बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • खोलाको किनारदेखि आँगनसम्मै अलैँची, नर्सरीमा २५ लाख बिरुवा

खोलाको किनारदेखि आँगनसम्मै अलैँची, नर्सरीमा २५ लाख बिरुवा

युवाजनशक्ति विदेश पलायन हुँदा गाउँघरका खेत बाँझो बनिरहेका छन्। खेतबारी बनमारा घाँस र कुरोको बोटले लपक्क ढाकेको बाँझो बनेका छन्।
 |  शुक्रबार, कात्तिक १२, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १२, २०७८

लमजुङ- युवाजनशक्ति विदेश पलायन हुँदा गाउँघरका खेत बाँझो  बनिरहेका छन्। खेतबारी बनमारा घाँस र कुरोको बोटले लपक्क ढाकेको बाँझो  बनेका छन्। तर, गरे सम्भव हुन्छ भन्ने उदाहरण बनेका छन् उत्तरी लमजुङको छिनखोला गाउँका बासिन्दा। उच्च पहाडी भेगमा वन्यजन्तुको शिकार गरेर गुजारा चलाउने मनासशयले पुर्खाले बसालेको डाँडापाखा र भिरालो बस्ती अहिले छिनखोलाका बासिन्दाले गाउँकै मुहार फेरेका छन्।

आजभन्दा १७ वर्षअघि भेँडा, बाख्रा, गाईभैँसी पालेर जीविका चलाउँदै आएका उनीहरुले पुरानो कृषि प्रणालीलाई विस्थापित गरेका छन्। पछिल्लो समय कृषकको आम्दानीको मुख्य स्रोतको रुपमा स्थापित भएको अलैँची खेतीप्रति लगाब ठूलो छ। पहिला कोदो, मकै, आलु र अन्य खाद्यन्न बाली उब्जिने खेतबारी अहिले अलैँची खेतीले भरिएका छन्। छिनखोलाको किनारदेखि घरको आँगन र कर्सासम्मै अलैँची रोपेका छन्।

अलैँची व्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष अजय तामाङ मर्स्याङ्दी गाउँपालिका-७ छिनखोलाका स्थानीय हुन्। उनले भने, ‘छिनखोला लमजुङमा सबैभन्दा बढी अलैँची उत्पादन गर्न सफल भएको गाउँ हो।' गाउँलेले वार्षिक ८० देखि १ सय २० क्विन्टल अलैँची उत्पादन गर्ने गर्छन्।

अध्यक्ष तामाङका अनुसार छिनखोलाका विभिन्न नर्सरीमा २० देखि २५ लाखको हाराहारीमा अलैँचीको बिरुवा छन्।  अलैँची व्यवसाय महासंघ नेपालले लमजुङको अलैँची अरु जिल्लामा उत्पादन हुने अलैँचीभन्दा गुणस्तर भएको प्रमाणित गर्दै यसअघि नै सम्मानित गरिसकेको छ। 

नेपालको पूर्वीजिल्ला इलाम, ताप्लेजुङमा हुने अलैंचीलाई लमजुङमा व्यवसायिक रुपमा खेती गर्ने कार्य तीब्र गतिमा बिरहेकोले अलैँचीको पकेट क्षेत्रको रुपमा अघि बढेको हो।

जिल्लामा साउने, डम्बरसाई, जिर्मले, रामशाई, गोलसाई जातका अलैँची खेती गरिँदै आएको प्रधानमन्त्री कृषि आधुनिकिकरण अलैंची जोन लमजुङले जनाएको छ।

हाल नेपालका ४२ जिल्लामा अलैंची खेती विस्तार भइसकेको छ। नेपालमा उत्पादित अलैँची अब आफ्नै ट्रेडमार्कमार्फत तेस्रो मुलुक पठाउने तयारी व्यवसायीले गरिरहेका छन्। अलैँची निर्यात गर्न बंगलादेशसँग छलफल भइरहेको अलैँची व्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष तामाङले बताए।

- न्युज कारखाना

प्रकाशित: Oct 29, 2021| 07:47 शुक्रबार, कात्तिक १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।