सोमबार, असार २२, २०८३

टी २० विश्वकपमा अस्ट्रेलियाको लगातार दोस्रो जित

आईसीसी टी २० विश्वकपमा अस्ट्रेलियाले लगातार दोस्रो जित निकालेको छ। दुबई अन्तर्राष्ट्रिय रंगशालामा बिहीबार राति सम्पन्न खेलमा उसले श्रीलंकालाई ७ विकेटले हराएको हो।
 |  शुक्रबार, कात्तिक १२, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १२, २०७८

काठमाडौं- आईसीसी टी २० विश्वकपमा अस्ट्रेलियाले लगातार दोस्रो जित निकालेको छ। दुबई अन्तर्राष्ट्रिय रंगशालामा बिहीबार राति सम्पन्न खेलमा उसले श्रीलंकालाई ७ विकेटले हराएको हो।

अस्ट्रेलियाको जितमा एजम जम्पा म्यान अफ दि म्याच रहे। उनले चार ओभर बलिङ गर्दै १२ रन खर्चिएर २ विकेट गिराए।

सुरुमा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५४ रन बनाएको थियो। १५५ रनको लक्ष्यसहित मैदान ओर्लिएको अस्ट्रेलियाले तीन विकेट गुमाएर १८ बल बचाउँदै लक्ष्य पुरा गर्‍यो।

अस्ट्रेलियाको जितमा डेविड वार्नर नायक रहे। उनले ६५ रन जोडे। त्यस्तै आरोन फिन्चले ३७ र स्टिभेन स्मिथले २८ रन बनाए। त्यस दौरान श्रीलंकाका वानिन्दू हसरंगाले दुई र दसुन कंकाले एक विकेट गिराए।

त्यसअघि पहिलो पारीमा श्रीलंकाका कुशल परेरा र चरिथा असलंकाले समान ३५–३५ रन जोडे। त्यस्तै, भानुका राजापक्षले ३३ रनको योगदान दिए। त्यस दौरान जम्पासहित माइकल स्टार्क र पट कमिन्सले पनि समान २–२ विकेट लिए।

यो जितसहित ४ अंक बनाएको अस्ट्रेलिया समूह १ को दोस्रो स्थानमा छ। शीर्षस्थानमा इंग्ल्यान्ड छ। यता गएरातिको खेलमा पराजित श्रीलंकाले भने दुई अंकका साथ चौथो स्थानमा छ।

विश्वकपअन्तर्गत बिहीबारको खेलमा बंगलादेशले वेस्टइन्डिजको सामना गर्नेछ भने अफगानिस्तान र पाकिस्तान भिड्नेछन्।

प्रकाशित: Oct 29, 2021| 06:53 शुक्रबार, कात्तिक १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।