आइतबार, वैशाख २०, २०८३

सिरियामा मानवीय सहायताको खाँचो

संयुक्त राष्ट्रसंघका मानवीय सहायतासम्बन्धी एजेन्सीका प्रमुख मार्टिन गिरिफिथले सिरियामा तत्कालै मानवीय सहायता आवश्यक रहेको बताएका छन्।
 |  शुक्रबार, कात्तिक १२, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १२, २०७८

सिन्ह्वा- संयुक्त राष्ट्रसंघले सिरियामा आगामी जाडो याममा थप सहायताको खाँचो रहेको संयुक्त राष्ट्र संघले जनाएको छ। सिरियाको उत्तर पश्चिमी क्षेत्रका लाखौँ नागरिकलाई मानवीय सहायताको आवश्यकता परेको संयुक्त राष्ट्रसंघले यसअघि नै जनाएको थियो। संयुक्त राष्ट्रसंघका मानवीय सहायतासम्बन्धी एजेन्सीका प्रमुख मार्टिन गिरिफिथले सिरियामा तत्कालै मानवीय सहायता आवश्यक रहेको बताएका छन्।

National life

सिरियाको उत्तरपश्चिमी क्षेत्रका मानिसलाई अहिले खाना, औषधि तथा अन्य आधारभूत तथा अत्यावश्यकताका सामग्रीहरुको खाँचो रहेको कुरा गिरिफिथले बताए। उनले जाडो याममा यहाँका थप नागरिक संकटमा पर्नसक्ने भन्दै  मानवीय सहायताको खाँचो रहेको बताए।

यसअघि संयुक्त राष्ट्रसंघले सिरियाको उत्तरपश्चिम क्षेत्रमा बसोबास गरिरहेका ३४ लाख नागरिकमध्ये ९० प्रतिशतलाई मानवीय सहायताको खाँचो रहेको बताएको छ।

मानवीय सहायता प्रमुख गिरिफिथले यहाँ एक करोडभन्दा बढी मानिसमा यस्तो सहायता चाहिएको बताएका छन्। ती नागरिकहरु सिरियामा करिब एक दशकको समयमा द्धन्द्धको चपेटामा परेका छन्। सिरियामा अहिले आर्थिक संकट थपिएकोले यहाँका नागरिकहरु खाना र बासकै समस्यामा परेका बताइएको छ। ती क्षेत्र बढी मात्रामा द्वन्द्वग्रस्त क्षेत्रहरु पनि भएकोले गर्दा सरकारले पनि सहायता सामग्री पुर्‍याउन सकिरहेका छैनन्।

सिरियामा सन् २०११ देखि नै राष्ट्रपति असदका विरुद्धमा जनआन्दोलन चर्किएको थियो। सिरिया लामो समयदेखि हिंसा जारी छ। जसका कारण यहाँका लाखौँ नागरिक हिंसाको चपेटमा परेका छन्। यहाँका लाखौँ नागरिक विस्थापित  हुन पुगेका छन् भने चार लाख भन्दा बढी नागरिकले गृहयुद्धमा परेर ज्यान गुमाएका छन्। 

प्रकाशित: Oct 29, 2021| 02:00 शुक्रबार, कात्तिक १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।