मंगलबार, फागुन २६, २०८२

बेलायतमा २४ घन्टामा ४४ हजार कोरोना संक्रमित थपिए

कोरोना भाइरसको संक्रमण घट्न नसकेको देखिएको बेलायती स्वास्थ्य अधिकारीहरुले जनाएका छन्।
 |  शुक्रबार, कात्तिक १२, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १२, २०७८

National life
Laxmi sunrise bank
kumari

लन्डन-  बेलायतमा बुधबार मात्र करिब ४४ हजार जना कोरोना भाइरसका सङक्रमित भेटिएका छन्। कोरोना भाइरसको संक्रमण घट्न नसकेको देखिएको बेलायती स्वास्थ्य अधिकारीहरुले जनाएका छन्। पछिल्लो २४ घन्टामा अर्थात् शनिबार ४३ हजार ९४१ जनामा यो सङ्क्रमण देखिएको हो। 

बेलायतको स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएअनुसार यहाँ पछिल्लो २४ घन्टामा कोरोना भाइरसका कारण २०७ जनाको मृत्यु भएको छ।

स्वास्थ्य अधिकारीले यहाँ धेरै समयपछि मृत्यु हुनेको संख्या पनि बढ्न थालेको बताएका छन्। योसँगै बेलायतमा अहिलेसम्म कोरोनाका कारण एक लाख ४० हजार ४१ जनाको मृत्यु भएको छ। अधिकारीहरुले बेलायतमा अहिलेसम्म सङ्क्रमित हुनेको संख्या ८८ लाख ९७ हजार भन्दा बढी पुगेको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन्।

प्रकाशित: Oct 29, 2021| 00:35 शुक्रबार, कात्तिक १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।