नयाँ दिल्ली- भारतले सतहदेखि सतहसम्म प्रहार गर्ने ब्यालेस्टिक मिसाइल, अग्नि-५को सफलतापूर्वक प्रक्षेपण गरेको छ। जसले पाँच हजार किलोमिटरसम्मको लक्ष्यमा प्रहार गर्न सक्छ।
रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार बुधबार साँझ लगभग ७:३० बजे ओडिशाको एपीजे अब्दुल कलाम टापुबाट उक्त क्षेप्यास्त्र प्रक्षेपण गरिएको थियो।
तीन चरणको ठोस इन्धन प्रयोग गर्ने यो क्षेप्यास्त्रले उच्च स्तरको सटीकताका साथ ५,००० किलोमिटरसम्मको लक्ष्यमा प्रहार गर्न सक्षम रहेको रक्षा मन्त्रालयले जनाएको छ।
मन्त्रालयले अग्नि-५ को सफल परीक्षण भारतको 'विश्वसनीय न्यूनतम प्रतिरोध' को नीति अनुरूप छ जसले 'पहिले प्रयोग नगर्ने' प्रतिबद्धतालाई जोड दिन्छ।