मस्को- रुसमा कोरोना भाइरसको संक्रमण फेरि बढेको छ। राजधानी मस्कोमा कोरोना संक्रमितको संख्या बढेको रुसी सञ्चारमाध्यमहरुले जनाएका छन्।
मस्कोमा कोरोना भाइरस सङ्क्रमण वृद्धि भएपछि ११ दिनका लागि अत्यावश्यकबाहेकका सेवाहरू बन्द गरिएका हुन्।
बुधबार एक दिनमा ४० हजार ९६ कोरोनाभाइरस सङ्क्रमित व्यक्ति थपिएका छन्। यस सङ्क्रमणको कारण १ हजार १५९ जनाको मृत्यु भएको बिहीबार जानकारी दिइएको छ।
रुसमा कोरोनाबाट हालसम्म ८२ लाख २० हजार ९७५ जना सङ्क्रमति भएका छन्। कोरोना सङ्क्रमणको कारण २ लाख २९ हजार ७२ जनाको मृत्यु भइसकेको छ।