मंगलबार, फागुन २६, २०८२

बाइडेन प्रशासनप्रतिको विश्वास घट्दै: सर्वेक्षण

राष्ट्रपति जो बाइडेनले कोभिड-१९ महामारीबाट प्रभावित अर्थतन्त्रलाई बचाउन सक्ने क्षमतामा अमेरिकीहरूको विश्वास घट्दोक्रममा रहेको पाइएको छ।
 |  बिहीबार, कात्तिक ११, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ११, २०७८

वाशिङ्टन- राष्ट्रपति जो बाइडेनले कोभिड-१९ महामारीबाट प्रभावित अर्थतन्त्रलाई बचाउन सक्ने क्षमतामा अमेरिकीहरूको विश्वास घट्दोक्रममा रहेको पाइएको छ। 

National life

पछिल्लो समय सार्वजनिक एक सर्वेक्षणको नतिजा अनुसार बाइडेन प्रशासनप्रतिको जनविश्‍वास घट्दै गएको हो। 

अक्टोबर २२-२५ मा गरिएको एक्सिओस इपोस सर्वेक्षणले ४४ प्रतिशत उत्तरदाताहरूले कोभिडग्रस्त अर्थतन्त्रलाई उकास्न बाइडेन प्रशासनको क्षमतामा गत जनवरीदेखि क्रमश कमी आउँदै गएको टिप्पणी गरेका छन्। 

आधिकारिक तथ्यांकले सेप्टेम्बर २०२० देखि सेप्टेम्बर २०२१ सम्म मुद्रास्फीति ५.४ प्रतिशतले बढेको देखाएको छ जसले वस्तु र सेवाहरूमा मूल्यवृद्धि गरेको छ।

विश्लेषकहरूका अनुसार  विभिन्न आपूर्ति शृङ्खलाका अवरोधहरू, उच्च बेरोजगारी, र बढ्दो मुद्रास्फीतिबाट ग्रस्त अर्थव्यवस्थालाई बचाउन बाइडेन प्रशासनले लामो यात्रा तय गर्नुपर्ने देखिन्छ। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Oct 28, 2021| 22:21 बिहीबार, कात्तिक ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।