मंगलबार, फागुन २६, २०८२

अफगानिस्तानमा पत्रकार हिंसाका ३० भन्दा बढी घटना दर्ता

अफगानिस्तानमा तालिबान सत्तामा आएदेखि पत्रकारहरू विरुद्ध ३० भन्दा बढी हिंसात्मक घटनाहरू दर्ता गरिएको स्थानीय सञ्चारमाध्यमले पत्रकार संघलाई उद्धृत गर्दै जानकारी दिएको छ।
 |  बिहीबार, कात्तिक ११, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ११, २०७८

काबुल- अफगानिस्तानमा तालिबान सत्तामा आएदेखि पत्रकारहरू विरुद्ध ३० भन्दा बढी हिंसात्मक घटनाहरू दर्ता गरिएको स्थानीय सञ्चारमाध्यमले पत्रकार संघलाई उद्धृत गर्दै जानकारी दिएको छ। 

National life

'अफगानिस्तानको राष्ट्रिय पत्रकार संघले पत्रकारहरूको स्थितिका बारेमा सामान्य मूल्याङ्कन सार्वजनिक गरेको छ। पत्रकारविरुद्ध हिंसाका ३० भन्दा बढी घटनाहरू भएको देखाउँछ,' युनियनका प्रमुख मसरूर लुफ्तीले भने। 

'यी घटनाहरूमध्ये झण्डै ९० प्रतिशत तालिबानसँग सम्बन्धित छन्,' लुफ्तीलाई अफगान टोलो न्यूज मिडियाले उद्धृत गर्दै उक्त गरेको छ। अफगान प्रशारकले  दिएको जानकारी अनुसार पत्रकारहरूले तालिबानलाई सञ्चारकर्मीहरूको सुरक्षा सुनिश्चित गर्न र सूचनामा पहुँच सुरक्षित गर्न अनुरोध गरेका थिए।

यसैबीच, अफगान गृह मन्त्रालयका प्रवक्ता सैयद खोस्तीले पत्रकारहरूलाई सरकारले गरिरहेको सुरक्षा उपायहरूको बारेमा जानकारी दिँदै आश्वस्त पार्न खोजेका छन्। मन्त्रीले यस्तै अपराधमा पक्राउ परेका केही अपराधीलाई उद्धृत गर्दै थप विश्वास दिलाएका छन्। गत महिना, काबुलमा भएको विरोध प्रदर्शनलाई लक्ष्यित गर्दै तालिबानले धेरै अफगान पत्रकारहरूलाई पक्राउ गरेको रिपोर्ट सार्वजनिक गरिएको थियो।

यसैबीच, देशको पत्रकार संघले अफगानिस्तानको सञ्चारमाध्यमलाई समर्थन गर्न र सञ्चार स्वतन्त्रताको पक्षमा उभिन आह्वान गरेको छ।

Laxmi sunrise bank
kumari

उनीहरूले इस्लामिक इमिरेट्सका अधिकारीहरूलाई पत्रकारहरूले सामना गर्ने समस्या समाधान गर्न थप कदम चाल्न आग्रह गरेका छन्।

प्रकाशित: Oct 28, 2021| 23:30 बिहीबार, कात्तिक ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।