मंगलबार, फागुन २६, २०८२

‘चाइना टेलिकम’माथि अमेरिकी प्रतिबन्ध ‘द्वेषपूर्ण दमन’

व्यापार, मानव अधिकार, ताइवान र कोभिड–१९ महामारीलगायतका थुप्रै बिषयहरूलाई लिएर यी दुई मुलुकहरूबीच तनाव बढेको छ।
 |  शुक्रबार, कात्तिक १२, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १२, २०७८

वाशिङ्टन- राष्ट्रिय सुरक्षाको चिन्तामा अमेरिकामा सेवा दिँदै आएको चिनियाँ दूरसञ्चार प्रदायक ‘चाइना टेलिकम’लाई देशभित्र सञ्चालन गर्न प्रतिबन्ध लगाउने संयुक्त राज्य अमेरिकाको निर्णय ‘द्वेषपूर्ण दमन’ भएको बेइजिङले बिहीबार बताएको छ। बेइजिङले यसले विश्वका गर्ने दुई बलिया अर्थतन्त्रले सम्बन्धमा सुधारका लागि गरिरहेको प्रयासमा प्रभाबित पार्नसक्ने चेतावनी दिएको छ।

National life

व्यापार, मानव अधिकार, ताइवान र कोभिड–१९ महामारीलगायतका थुप्रै बिषयहरूलाई लिएर यी दुई मुलुकहरूबीच तनाव बढेको छ।

यसै हप्ताको सुरुतिर वासिङ्टनले ‘चाइना टेलिकम’लाई अमेरिकाजलाई ६० दिनभित्र आफ्नो सेवा बन्द गर्ने आदेश दिएपछि अमेरिकामा लगभग दुई दशकको सेवा अन्त्य गर्नुपर्ने अवस्था आएको र यसले चीन र अमेरिकाबीचको सम्बन्ध थप तनावपूर्ण हुनसक्ने अनुमान गरिएको छ।  

‘चाइना टेलिकम’को ‘चीन सरकारको स्वामित्व र नियन्त्रणले महत्वपूर्ण राष्ट्रिय सुरक्षा र कानून प्रवर्तनमा जोखिम उठाएको’ अमेरिकी संघीय सञ्चार आयोगले बताएको छ। 

एफसीसीले भनेको छ, 'यसले बेइजिङलाई ‘अमेरिकी सञ्चारमा पहुँच, भण्डारण, विघटन वा गलत मार्गका अवसरहरू प्रदान गरेको र यसले उनीहरूलाई अमेरिका विरुद्ध जासुसी र अन्य हानिकारक गतिविधिहरूमा संलग्न हुन सहज बनाएकोले उक्त निर्णय गर्नुपरेको हो।' 

Laxmi sunrise bank
kumari

तर बेइजिङले यस कदमलाई ‘राष्ट्रिय सुरक्षाको अवधारणाको सामान्यीकरण, राष्ट्रिय शक्तिको दुरुपयोग र तथ्य वा आधारबिना चिनियाँ कम्पनीमाथिको द्वेषपूर्ण दमन’ भन्दै उक्त कदमप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। 

चिनियाँ वाणिज्य मन्त्रालयकी प्रवक्ता शु युटिङले पत्रकारहरूसँगको कुराकानीमा चीनको आर्थिक तथा व्यापार टोलीले संयुक्त राज्य अमेरिकासँग यस बिषयमा ‘गम्भीरतापूर्ण रूपमा कुरा राखेको’ र बेइजिङ प्रतिबन्धबाट चिन्तित भएको बताए। 

प्रकाशित: Oct 29, 2021| 00:05 शुक्रबार, कात्तिक १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।