मंगलबार, फागुन २६, २०८२

बेलायतद्वारा फ्रान्सलाई माछाविवाद ‘अन्त्य गर्न’ आग्रह

पेरिसले गम्भीर प्रतिशोधको धम्की दिएपछि बेलायत सरकारले बिहीबार फ्रान्सलाई ब्रेक्जिटपछिको माछा मार्ने अधिकारमाथिको झन्झटिलो प्रक्रियालाई कम गर्न आग्रह गरेको छ।
 |  बिहीबार, कात्तिक ११, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ११, २०७८

पेरिस- पेरिसले गम्भीर प्रतिशोधको धम्की दिएपछि बेलायत सरकारले बिहीबार फ्रान्सलाई ब्रेक्जिटपछिको माछा मार्ने अधिकारमाथिको झन्झटिलो प्रक्रियालाई कम गर्न आग्रह गरेको छ। 

National life

बेलायतका वातावरण मन्त्री जर्ज इसटिसले संसदलाई आफूले यूरोपेली सरकारका आयुक्त भर्जिनिजुस सिन्केभिसियससँग यस सम्बन्धमा छलफल गरेको बताउँदै भने, 'हामी शान्त रहनु आवश्यक छ र यसलाई हटाउनु महत्वपूर्ण छ।'

बुधबार फ्रान्सेली अधिकारीहरूले नोभेम्बर २ देखि बेलायती माछा निर्यातलाई लक्षित गर्ने उपायहरूबारे चेतावनी दिएका छन्। यसमा फ्रान्समा ल्याइएका उत्पादनहरूमा समय खर्च गर्ने सीमा नाका र स्वच्छता जाँच र समुद्री खाना अवतरणमा प्रतिबन्ध समावेश थियो।

युरोप मन्त्री क्लेमेन्ट बिउनले यस महादेशको बेलायतको मुख्य व्यापारिक प्रवेशद्वारलाई खतरामा पार्दै च्यानल पार गर्ने 'अन्य मालसामान'मा पनि अतिरिक्त जाँच विस्तार गर्न सकिने कुरा बताए र पेरिसले जर्सी (विवादास्पद सामुद्रिक च्यानल) मा बिजुली आपूर्ति कम गर्ने धम्की पनि दिएको छ।

'यस मामिलामा बेलायत सरकार विवादास्पद सामुद्रिक च्यानल जर्सीका बिषयमा खरो उत्रनेछ,' नेता जर्ज आस्टिसले भने। उनले बुधबारको बेलायतको भनाइलाई दोहोर्‍याउँदै फ्रान्सेली चेतावनीहरू ‘निराशाजनक र असमान’ रहेको र यसबारे सरकारले उचित प्रतिक्रिया दिने बताए। 

Laxmi sunrise bank
kumari

फ्रान्सेली माछा मार्ने डुंगाबाट लाइसेन्स आवेदन दिनका लागि ‘हामी प्रतिबद्ध छौँ साथै नयाँ जानकारीबारे विमर्श गरिरहेका छौं,' आस्टिसले थपे,'हाम्रो तर्फबाट यसका लागि ढोका सधैं खुला रहन्छ।'

बेलायतको यूरोपेली संघ (इर्यू) बाट बहिर्गमनपछि यस वर्षको सुरुमा पूर्ण प्रभाव पारेको हुनाले बेलायतले ७३६ फ्रान्सेली जहाजहरूसहित आफ्नो विशेष आर्थिक क्षेत्रमा माछा मार्न इयूका एक हजार ६७३ जहाजहरूलाई अनुमति पत्र प्रदान गरेको कुरा उहाँले बताउनुभयो। अहिले ईयू मुलुकका कूल १२१ वटा डुङ्गालाई बेलायतको तटबाट ६ देखि १२ किलोमिटर टाढा माछा राख्न अनुमति दिइएको छ। यसमा १०३ वटा फ्रान्सेली जहाजहरू पनि परिसकेका छन्।

बेलायतले कूल ९८ प्रतिशत ईयूको आवेदनलाई स्वीकार गरेको थियो र यस बिषयमा बेलायत ब्रसेल्स र पेरिस दुवैसँग ‘रचनात्मक वार्ता’ जारी राख्ने उनले बताए। 


प्रकाशित: Oct 28, 2021| 22:00 बिहीबार, कात्तिक ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।