शनिबार, असोज २४, २०८३

मिस युनिभर्स स्पर्धाको अन्तिम तयारीमा सुन्दरी

शनिबार घोषणा हुन लागेको 'मिस युनिभर्स नेपाल २०२१' को तयारी भइरहेको जनाइएको छ।
 |  बिहीबार, कात्तिक ११, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ११, २०७८

काठमाडौं- शनिबार घोषणा हुन लागेको 'मिस युनिभर्स नेपाल २०२१' को तयारी भइरहेको जनाइएको छ। राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै अन्तर्राष्ट्रिय कस्मेटिक वितरण कम्पनी ओरीफ्लेमले मिस युनिभर्स नेपाल २०२१ को टाइटल स्पोन्सर गर्ने जनाइएको छ। 

कन्ट्री निर्देशक नग्मा श्रेष्ठले प्रतियोगिता अन्तिम तयारीमा रहेको जानकारी दिइन्। 'हामीले मिस युनिभर्स नेपाल घोषणा गर्दैछौं,' नग्माले भनिन्, 'आउँदो शनिबार हुने फाइनलमा टप १० हुँदै टप पाँचबाट विजेता घोषणा हुनेछिन्।' 

मिस युनिभर्स नेपालको ताजका लागि हुने प्रतिस्पर्धामा दर्शकको मत बढी पाउने दुई जना (पिपुल च्वाइस) र सोसल इम्प्याक्ट लिडरले सिधै अन्तिम १० मा प्रवेश पाउने भएका छन्। शनिबार हुने घोषणा मिस युनिभर्स नेपालकी विजेता अनिस्का शर्माले नयाँ विजेतालाई ताज लगाइदिनेछिन् भने नयाँ विजेताले १० लाख नगद पुरस्कारसमेत प्राप्त गर्नेछिन्।

प्रतियोगिताको शीर्ष विजेताले १२ डिसेम्बरमा इजरायलमा आयोजना हुने ‘मिस युनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्नेछिन्। ‘मिस युनिभर्स’ का लागि उमंग क्रियसनले गत वर्षबाट प्रतियोगी पठाउन थालेको हो। गत वर्ष ‘मिस युनिभर्स’मा नेपालको प्रतिनिधित्व अंशिका शर्माले गरेकी थिइन्।

प्रकाशित: Oct 28, 2021| 19:47 बिहीबार, कात्तिक ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।