बुधबार, भदौ ३, २०८३

लाइसेन्सको अनलाइन आवेदन प्रणाली बन्द

यातायात व्यवस्था विभागले सबै प्रकारका सवारीको लाइसेन्सका लागि आवेदन खुला गरेको चार दिनमै प्रणालीमा प्राविधिक समस्या आएको छ।
 |  बिहीबार, कात्तिक ११, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ११, २०७८

काठमाडौं- सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन आवेदन प्रणाली बन्द भएको छ। यातायात व्यवस्था विभागले सबै प्रकारका सवारीको लाइसेन्सका लागि आवेदन खुला गरेको चार दिनमै प्रणालीमा प्राविधिक समस्या आएको छ। 

मर्मतका लागि भन्दै बिहीबारबाट अनलाइन आवेदन प्रणाली बन्द गरिएको हो। विभागले नयाँ लाइसेन्सको आवेदन सोमबार साँझ ५ बजेदेखि खुला गरेको थियो। तर, छ महिनापछि आवेदन खुलेसँगै एकैचोटी चाप पर्दा सिस्टममा समस्या आएको विभागका सूचना अधिकारी लोकनाथ भुसालले जानकारी दिए। उनले लाइसेन्स आवेदन खुला गर्नासाथ करिब ९-१० लाख मानिसले एकैचोटी फारम भर्ने प्रयास गर्दा बुधबारदेखि सर्भर पूर्ण रुपमा बन्द रहेको बताए। प्राविधिकसहितको टोलीले मर्मतको काम सुरु गरिसकेकाले जतिसक्दो चाँडो आवेदन खुलाउने उनले बताए। 

सवारी चालक अनुमतिपत्र लाइसेन्सका लागि आवेदन दिएर बसेका अझै साढे ३ लाख बढी लाइनमा छन्। यो संख्या काठमाडौं उपत्यकामा रहेका कार्यालयमा सबैभन्दा बढी छ। 

उपत्यकामा ४ र उपत्यकाबाहिर २१ वटा यातायात व्यवस्था कार्यालय छन्। विभागका सूचना अधिकारी भुसालले यसअघि नै आवेदन दिएर बसेकाहरुको पालो पहिले आउने बताए। उनले हालै आवेदन दिएकाहरुको पालो भने उपत्यकामा भए चार महिनामा र उपत्यकाबाहिर भए एक महिनामा आउने जानकारी दिए। विभागले हाल नयाँ मापदण्ड अनुसार लाइसेन्सको परीक्षा लिन सुरु गरेको छ। नयाँ मापदण्ड अनुसार लिखितमा ६० प्रतिशत र प्रयोगात्मक (ट्रायल) परीक्षाका विभिन्‍न चरणमा ७० अंक ल्याएमा पास भइनेछ।

प्रकाशित: Oct 28, 2021| 18:22 बिहीबार, कात्तिक ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।